nirantarkhabarखेलकुदसमाचार

साफ महिला च्याम्पियनसिप: भारत द्वारा मालदिभ्स ६–० ले पराजित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फागुन २९,बिराटनगर । बिराटनगरमा जारी साफ महिला च्याम्पियनसिपमा भारतले माल्दिभ्सलाई पराजित गरेको छ । बुधबार विराटनगरको शहीद रंगशालामा संपन्न खेलमा साविक विजेता भारतले माल्दिभ्सलाई ६–० ले पराजित गर्दै शानदार सुरुवात गरेको हो ।

खेल सुरु भएको आठौं मिनेटमै भारतका लागि ग्रेसी डेङमाइले अग्रता बनाएकी थिइन् । त्यसको ५ मिनेटपछि स्वीटी देवीले साविक विजेता टोलीका लागि दोस्रो गोल गरिन् । २३औंँ मिनेटमा इन्दूमती र २७ औं मिनेटमा सञ्जुले गोल गरेपछि भारतले ४–० को अग्रता बनायो । पहिलो हाफको इन्ज्यूरी समयमा रतनबाला देवीले फ्रिकिकमार्फत भारतका लागि पाँचौं गोल गरिन् ।

दोस्रो हाफको अन्तिम मिनेटमा सञ्जुले झण्डै ३० यार्डबाट गरेको सशक्त प्रहार गोल भएपछि भारत ६–० ले बिजयी भयो । प्रतियोगिताअन्तर्गत बिहीबार समूह ’ए’ मा रहेका बंगलादेश र भुटानबीच खेल हुनेछ ।

Facebook Comments
Show More

Related Articles