nirantarkhabarसमाचार

विप्लव समूहलाई प्रतिबन्ध लगाउनु सरकारको राम्रो काम: सभापति देउवा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फाग्गुन २९, बिराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा विप्लव समूहलाई सरकारले प्रतिबन्ध लगाएर राम्रो काम गरेको बताउनुभएको छ । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताउनुभएको हो ।

उहाँले सार्वजनिक एवं निजी सम्पत्ति तोडफोड, नागरिकमा त्रासको वातावरण सिर्जना गर्ने क्रियाकलापको नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रष्ट पार्नुभयो । देउवाले विखण्डनवादी सोचका सीके राउतलाई राष्ट्रिय राजनीतिमा ल्याउन र वर्तमान संविधानलाई स्वीकार्य गराउन गरिएको सरकारको सहमति राम्रो काम भएको बताउँदै ११ बुँदे सम्झौतामा जनमत सङ्ग्रह गर्ने भन्ने सहमति भएको भए त्यो देशका लागि दुर्भाग्य हुने विचार व्यक्त गर्नुभयो ।

उहाँले सर्वोच्च अदालतबाट टीकापुर घटनाका दोषी रेशम चौधरीलाई सजाय हुनु निहत्था मृत्यु भएका नागरिकले न्याय पाएको बताउँदै वार्ताका लागि भनेर प्रहरीलाई हतियारबिना आउन आह्वान गरी प्रहरी र बालकको हत्या गर्नु अपराधी क्रियाकलाप भएको धारणा व्यक्त गर्नुभयो ।

Facebook Comments
Show More

Related Articles