nirantarkhabarबिबिधसमाचारसमाज

बेलबारी चिसाङ साझेदारी वनको संयोजकमा गिरी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । मोरङको बेलबारी चिसाङ साझेदारी वनको संयोजकमा दिनेस गिरी चयन भएका छन । मंगलबार सेक्टर वन कार्यलय बेलबारीमा भएको एक कार्यक्रममा गिरी संयोजक पदमा सर्वसम्मत चयन भएका हुन ।

रिक्त संयोजक पदमा गिरि लगायत कृष्ण कार्की, लक्ष्मी चौधरी, दिपक तिवारी, सिकेन्द्र मण्डल समेतले आकांक्षा राखेपनि अन्त्यमा सहमती भएको हो ।

वनका संयोजक योगेन्द्र गुरुङ मानव वेपत्ता अभियोगमा प्रहरी हिरासतमा रहेकाले संयोजक पद रिक्त थियो । बेलबारी ४ की २६ बर्षिया रमिला राईको हत्या गरी वेपत्ता बनाएको अभियोगमा गुरुङ प्रहरी हिरासतमा रहेका छन । शव नभेटिएपछि प्रहरीले गुरुङलाई मानिस बेपत्ता पारेको अभियोगमा म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।

साझेदारी वनको संयोजकमा चयन भएका गिरी निरन्तर खबर डट कमका संपादक समेत हुनुहुन्छ ।

Facebook Comments
Show More

Related Articles