nirantarkhabarखेलकुदसमाचार

साफ महिला च्याम्पियनसीप आजबाट,उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिस्पर्धा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२८ फागुन,विराटनगर । विराटनगरमा आज पाँचौं संस्करणको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताको उद्घाटन हुदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भुटानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने गर्ने तय भएको छ ।
प्रतियोगितामा नेपाल, भारत, भुटान, बंगलादेश, श्रीलंका र मालदिभ्सको सहभागिता रहेको छ । नौ वर्षअघि सुरु भएको साफमा हालसम्म नेपाल तीनपटक उपविजेता बनेको छ भने चिरप्रतिद्वन्दी भारतले चारैपटक उपाधि हात पारेको छ । बंगलादेश यस प्रतियोगिता अन्तर्गत गत संस्करणको उपविजेता टिम हो । पाकिस्तानले यस पटक प्रतियोगितामा सहभागिता नजाउने भएको छ । समूह ‘ए’ मा नेपाल, भुटान र बंगलादेश छन् । ‘बी’ मा श्रीलंका, मालदिभ्स र भारत छन् । च्याम्पियनसीप आगामी चैत आठ गतेसम्म सञ्चालन हुने छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता एवं केन्द्रीय सदस्य किरण राईले प्रतियोगिता आयोजना गर्न विराटनगर तयार भएको जानकारी दिए । यसको अनुमानित खर्च एक करोड ६५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

निरु थापाको कप्तानीमा रहेको नेपाली महिला टोलीले मोफसलको घरेलु मैदानमा पहिलो पटक अन्तर्रा्ष्ट्रिय प्रतियोगिता खेल्दै छ । पछिल्लो समय नेपाली महिला टोलीले सफलता हात पार्ने क्रम बढ्दै गएको छ । दक्षिण एशियाली राष्ट्रमध्ये शक्तिशाली राष्ट्र छिमेकी मुलुक भारतलाई उसैको भूमिमा धेरै समयपछि पराजित गर्दा नेपाली टोलीको मनोबलको मनोवल उच्च बनेको छ ।

नेपालले समूह चरणमा भिड्ने भुटान र बंगलादेशसँग पछिल्लो समय ५ खेलमा हारको सामना गर्नुपरेको छैन । पछिल्लो पाँच खेलमा बंगलादेशसँग चार खेलमा जित र एकमा बराबरीको अवस्था रहेको छ भने भुटानविरुद्ध पछिल्लो पाँच खेलमा जितको मीठो अनुभव नेपाली टोलीसँग रहेको र यस प्रतियोगिताका लागि उच्च तयारी गरिएको नेपाली टिमका मुख्य प्रशिक्षक हरि खड्काले बताए ।

Facebook Comments
Show More

Related Articles