nirantarkhabarअन्तराष्ट्रीयसमाचार

१४९ जना यात्रु बोकेको जहाज दुर्घटना

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फागुन २६ । इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ । इथियोपियाबाट केन्याको नैरोवी जाँदै गरेको इथियोपियन एअरलाइन्सको बोइङ ७३७ विमान उडान भरेको केही समयमा नै दुर्घटनाग्रस्त भएको हो ।

विमानमा १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य रहेका बीबीसीले उल्लेख गरेको छ । ३०२ नामको विमान राजधानी आदिस अबाबाबाट ६२ किलोमिटर दक्षिण पूर्वमा रहेको बिस्फोटु भन्ने ठाउँमा विष्फोट भएको एअरलाइन्सले बताएको छ । आदिस अबाबाको बोले एअरपोर्टबाट बिहान ८ बजेर ३८ मिनेटमा उडेको विमानको ८ बजेर ४४ मिनेट जाँदा टावरसँग सम्पर्क विच्छेद भएको थियो ।

उक्त घटनामा कति मानवीय क्षति भयो भन्नेबारे अहिलेसम्म इथोपियाली सरकारले आधिकारिक जानकारी दिएको छैन । एयरलाइन्सले दुर्घटनामा परेका यात्रुको खोजी र उद्धार कार्य जारी रहेको बताएको छ ।

हताहतीको बारेमा केही नबताइता पनि इथोपियाका प्रधानमन्त्रीले मृतकका परिवारका सदस्यप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । ’दुर्घटनामा ज्यान गुमाउने परिवारका सदस्यप्रति गहिरो समवेदन व्यक्त गर्दछु’, भन्दै उनले ट्विट गरेका हुन् ।

Facebook Comments
Show More

Related Articles