शिक्षा-स्वास्थ्य

शिक्षक र सरकार बिच सहमति,आन्दोलन फिर्ता

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फागुन २३

आन्दोलनरत शिक्षक र सरकारबीच ३ बुँदे सहमति भएको छ । शिक्षा मन्त्रालयमा बिहीबार बिहान भएको वार्तामा तीन बुँदे सहमति भएको हो । सहमतिपछि गएको सोमबारदेखि आन्दोलरत राहत शिक्षकले आन्दोलन फिर्ता लिएका छन् ।

सहमति अनुसार तत्काललाई अस्थायी, राहत, बाल विकास केन्द्र ईसीडीका शिक्षकका लागि आन्तरिक प्रतिस्पर्धातर्फ प्रस्ताव गरिएको २० प्रतिशत कोटा हटाइएको छ । शिक्षा सम्बन्धमा बनेको विधेयक अर्थात राष्ट्रिय शिक्षा ऐनमाथि थप छलफल गर्ने र छलफलमा राहत शिक्षकलाई पनि समावेश गर्ने सहमतिमा उल्लेख छ ।

आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गर्दा घाइते भएका शिक्षकहरुको निःशुल्क उपचार गर्ने सहमति पनि भएको छ । यस्तै ऐन पारित भएपछि नियमावली बनाउँदा आन्तरिक प्रतिस्पर्धातर्फको कोटा बढाउने र अस्थायी शिक्षकलाई स्थायी प्रक्रियामा लैजाने सहमति भएको राहत शिक्षक संघर्ष समितिका अध्यक्ष खेम अधिकारीले जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयसँग सहमति भएपछि आन्दोलन गर्न काठमाण्डौ आएका राहत शिक्षक आजैदेखि विद्यालयको पठनपाठनमा फर्किने पनि उहाँले बताउनुभयो ।

Facebook Comments
Show More

Related Articles