खेलकुदबिबिधसमाचार

महाशिवरात्रीमा फुटबल, डाँगी फुटबल क्लब बिजयी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । महाशिवरात्रीको अवसर पारेर मोरङको केराबारी ९ भलुवामा आयोजित फुटबल प्रतियोगितामा डाँगी फुटबल क्लक बिजयी भएको छ । सोमबार भएको फाइनल खेलमा केराबारी ९ को लालिगुँराँस फुटबल क्लबलाई २ का बिरुद्ध ३ गोल गर्दै केराबारी ७ को डाँगी फुटबल क्लबले नगद १० हजार रुपैयाँ प्राप्त गरेको छ ।

फाइनल खेलमा डाँगी फुटबल क्लबका उपेन्द्र राईले २ र समिर लिम्बुले १ गोल गरेका थिए भने लालिगुराँसका सुमन राईले र रुपक धामीले समान १÷१ गोल गरेका थिए ।
कोशिश युवा क्लबको आयोजना र भुवनेश्वर शिव मन्दिरको मुख्य प्रायोजनमा भलुवा खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितमा स्थानिय क्लबहरुले सहभागिता जनाएका थिए । सेमिफाइनलमा लालीगुराँस क्लबले लालभित्ति फुटवल क्लबलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने कोसिस युवा क्लबलाई पराजित गर्दै डाँगी युवा क्लब फाइनल पुगेको थियो ।
लालाभित्ती फुटबल क्लब,कुसुमे फुटबल क्लब, डाँगी युवा क्लब, देबीझोडा फुटबल क्लब,भलुवा फुटबल क्लब, धरधरे फुटबल क्लब र बेलचौरी फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाएका थिए ।

यसैविच केराबारी वडा नम्बर ९ को वडा खेलकुद विकास समितिले विभिन्न फुटबल क्लबहरु लाई २३ हजार ८ सय रुपैयाँ मुल्य बराबरका १४ थान फुटबल वितरण गरेको कोसिस युवा क्लबका सचिव तुलसी चापागाईले जानकारी दिनुभएको छ ।

Facebook Comments
Show More

Related Articles