बिबिधसमाचारसमाज

सिन्दुर हाल्ने बेलामा भागिन बेहुली

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

धनुषामा विवाहको मूल विधि हुनेबेला नै बेहुली फरार भएकि छन ।  विवाहअघि हुने स्वयम्बर धुमधामसँग सम्पन्न भएको केही समयपछि बेहुली फरार भएकि हुन ।

शहीदनगर नगरपालिका–३, यदुकोहा महराटोलकी दलित समुदायकी राम थरकी २० वर्षकी युवतीको आइतबार राति विवाह थियो । इलाका प्रहरी कार्यालय यदुकोहाका अनुसार राति १ बजे बेहुला र बेहुलीको स्वयम्बर सकिएपछि त्यहीँका केही व्यक्तिले बेहुली भगाएका छन् । बेहुलीको पहिलादेखि नै प्रेम परेको कारण पहिलाकै प्रेमीसँग भागेको स्थानीय बासिन्दाको आशंका छ ।

मैथिली परम्परा अनुसार स्वयम्बरपछि विवाहको मूलविधि सिन्दुरदान र कन्यादान हुने गर्दछ । बेहुला बेहुलीको स्वयम्बर सकिएर सिन्दुरदान र कन्यादानको तयारी भएको बेला बेहुली भागेकी हुन् । विवाहको मूल विधि हुने बेला बेहुली भागेपछि गाउँमा खैलाबैला मच्चिएको छ । फरार बेहुली र उनलाई भगाउन सघाउनेहरुको खोजबिन जारी रहेको प्रहरी निरीक्षक भीम खड्काले जानकारी दिनुभयो ।

Facebook Comments
Show More

Related Articles