साहित्य

सृजना पार्कमा साहित्य परिक्रमा : वहुभाषिक स्वाद,मुर्तिकारलाई उर्जा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फागुन १२
मोरङको बेलबारी १० भाउन्नेमा सृजना अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला चलीरहेको छ । अजंग र मनलाग्दी आकारका ढुंगामा ओल्टाइ पल्टाई गरेर खोपी कुँदी गरेर सुन्दर सिर्जना गर्नमा मुर्तिकारहरु व्यस्त छन् । देख्नमा एउटा ठुलो ढुंगोमात्रै तर । तर त्यही ढुंगामा कहिले बल प्रयोग गरेर कहिले दिमाग चलाएर विभिन्न यन्त्र साधनको सहयोगमा आकार र आकृति निकाल्न मुर्तिकारहरु व्यस्त छन् । मेहनतका साथ घोटिएर र घोत्लिएर आमाले आफ्ना सन्तानलाई माया गरेजस्तै गरी आफ्नो सृजना निखार्दै गरेका मुर्तिकारहरु सँग शनिबार भने साहित्य सर्जकहरुको भेट जुर्यो । बेलबारी साहित्य विकास समितिले सिर्जना पार्कमै साहित्य परिक्रमा कार्यक्रम आयोजना गरेकाले साहित्य सर्जकहरु भेला भएका थिए । भौतिक आकार र संरचना सहितको सृजना गरीरहेका मुर्तिकारहरुसँग भोगाइ,अवलोकन र कल्पना जस्ता कुराहरुलाई आधार मानेर साहित्य सिर्जना गर्ने सर्जकहरुको भेट चाख लाग्दो थियो ।

 

साहित्य परिक्रमा कार्यक्रमले औपचारिकता पाएसँगै सहभागी सर्जकहरुलाई आयोजकले लेख्ने सामग्री वितरण गर्यो । कलम र कापी चयापेर कोही साह्त्यि सर्जकहरु मुर्तिकारको गतिविधि नियाल्न थाले । कोही रुखका ठुटा माथी बसे , कोही सजिव रुखमै अढेस लागेर सोच्न र लेख्न व्यस्त भए । रचना लेखनका लागि छरपष्ट भएका सर्जकहरु करिब ४५ मिनेट पछि विस्तारै एकत्रित हुन थाले । हातमा पञ्जा,आँखाको सुरक्षाका लागि विशेष प्रकारको सुरक्षात्मक चस्मा लगाएर विद्युतिय मेसिनले ढंगामा घोटिरहेका मुर्तिकारहरु पनि एकै छिन बिसाएर कार्यक्रम स्थलमै भेला भए । साहित्य सर्जकहरुले पालैसँग रचना प्रस्तुत गर्न थाले । ढुंगासँगै खेलेर ढुंगामै आकृति खोजीरहेका मुर्तिकारहरुलाई उनीहरुको कर्मसँग सान्दर्भिक लाग्ने खालका सिर्जना पनि रचनाकारहरुले सुनाए । कार्यक्रममा सर्जकहरु निरु शर्मा,यज्ञराज सुवेदी सुशेली, कविन्द्र धिमाल, शेरबहादुर मगर लगायत स्रस्टाहरुले रचना प्रस्तुत गर्नुभएको थियो ।
बहुभाषिक स्वाद :मातृभाषालाई प्राथमिकता

साहित्य परिक्रमा कार्यक्रममा रचना प्रस्तुतीमा बहुभाषिक स्वाद विशेष थियो । विभिन्न जातिय समुदायको प्रतिनिधित्व गर्ने श्रष्टाहरुले आफ्नै मातृभाषामा लेखिएका सिर्जना प्रस्तुत गर्दा बहुभाषिक समाजको एउटा चित्र झल्किएको थियो । कार्यक्रममा आधा दर्जन श्रष्टाले मातृभाषामा रचना प्रस्तुत गरेका थिए ।
साहित्यकारको सिर्जनाले मुर्तिकारमा उर्जा थप्यो

कार्यक्रममा मुर्तिकला कार्यशालाका संयोजक धनबहादुर याख्खाले साहित्यकार र मुर्तिकारहरुको काम र सोचाइमा केही हदसम्म समानता हुने बताउनुभयो । कार्यशाला चलिरहँदा स्रष्टाहरुले पनि सिर्जना पार्क स्थलमा कार्यक्रम गर्दा मुर्तिकारहरुमा पनि थप उर्जा मिलेको मुर्तिकार समेत रहेका याख्खाले बताउनुभयो ।
साहित्य परिक्रमा : रचना गर्न हौसल्ला,प्रस्तुतीका लागि मञ्च

बेलबारी साहित्य विकास समतिले बेलबारी र आसपासमा रहेका धार्मिक,ऐतिहाँसिक एवम् पर्यटकिय महत्व बोकेका स्थलहरुमा जाने र सम्भव भएसम्म ति स्थलकै बारेमा रचना गरेर प्रस्तुत गर्ने गरेको जनाएको छ । सिर्जना पार्कमा आयोजित कार्यक्रम पाँचौ भएको बेलबारी साहित्य विकास समितिकी अध्यक्ष रेखा सुवेदी जानकारी दिनुभयो ।‘लेखन र प्रस्तुतीका लागि स्रष्टालाई हौसल्ला सहित मञ्च प्रदान गर्नु कार्य क्रमको उद्देश्य हो ।’ सुवेदीले भनिन् ‘पर्यटकिय धार्मिक एवम् सांस्कृतिक महत्व बोकेका स्थलमै गएर रचना गर्ने भएकाले त्यस्ता ठाउँहरुको बारेमा प्रचार प्रसार पनि हुन्छ ।’

कार्यक्रममा बेलबारी वार्डनम्बर १० का वडाध्यक्ष गंगा याख्खाको प्रमुख आथित्यमा भएको कार्यक्रममा सिर्जना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष छत्र लिम्बु, समुहका सचिव कृष्ण हुमागाई लगायतको पनि सहभागिता रहेको थियो ।
बेलबारी १० मा बन्दै गरेको सृजना मुर्तिकला पार्कले अहिले धेरैको ध्यानाकर्षण गरेको छ । दिनहु मानिसहरु हेर्न जाने बुझ्ने क्रम चलीरहँदा साहित्यकारहरुको जमघट र पार्कसँगै सम्बन्धित रहेका गरिएका सिर्जनाले पनि नयाँ बन्दै गरेको पार्कप्रतिको चासो र चर्चालाई बढाइदिएको छ ।

 

Facebook Comments
Show More

Related Articles