समाचार

बेलबारीमै अन्तराष्ट्रिय स्तरको मुर्तिकला पार्क : सृजना अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला सुरु

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फागुन ४
बेलबारी १० भाउन्नेमा वातावरणमैत्री खुला मुर्तिकला पार्क बन्ने भएको छ । पुर्वपश्चिम राजमार्गसँगै रहेको भाउन्ने स्थित सिर्जना सामुदायिक बन परिषरको ३३ विगाहा क्षेत्रफलमा अन्तराष्ट्रिय सिर्जना पार्क बन्ने भएको हो । पार्कमा अन्तराष्ट्रिय मुर्तिकारहरुले बनाएका विशेष महत्व र अर्थ बोक्ने ४० भन्दा धेरै मुर्तिहरु बन्ने भएका छन् । मुर्ति निर्माणका लागि शनिबार बाट सृजना अन्तराष्ट्रिय मुर्तिकला कार्यशाला २०७५ सुरु भएको छ । भाउन्ने स्थित सृजना सामुदायिक वन परिसरमा स्थापना गरिएको सिर्जना पार्कमा १८ दिनसम्म कार्यशाला चल्ने छ । सो क्रममा देश र विदेशका गरी ३० जना भन्दा धेरै मुर्तिकारहरुले मुर्ति बनाउने भएका छन्


बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले कार्यशालाको उद्घाटन गर्नुभएको हो । बेलबारी नगरपालिका,सृजना सामुदायिक वन र धनु आर्ट स्टुडियो लगायतको सहकार्यमा सुरु भएको कार्यशालामा नेपालसहित जर्मनी,जापान,भारत,इटली र बंगलादेशका मुर्तिकारहरु समेत सहभागी रहेका छन् । कार्यशालामा ३५ वटा भन्दा धेरै मुर्तिहरु निर्माण हुने कार्यशालाका संयोजक धनबहादुर याख्खाले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सुवेदीले बन्न लागेको पार्क अन्तराष्ट्रिय स्तरको हुने बताउनुभयो । सबै पक्षको सहकार्यमा निर्माण कार्य अघि बढाउनुपर्ने भन्दै सुवेदीले यसका लागि नगरपालिकाले तत्कालका लागि चाहिने आवश्यक सहयोग गर्न तयार रहेको बतउनु भयो । सुवेदीले नयाँ योजना बन्दा पार्क निर्माणलाई नगरस्तरिय योजनामा राख्ने पनि बताउनुभयो । कार्यक्रममा नेकपाकी प्रदेश सदस्य गिता तिम्सिनाले मनोरञ्जन लिन चाहने र अध्ययन गर्न चाहने सबैको लागि पार्क उपयुक्त स्थल बन्ने बताउनुभयो । कांग्रेस जिल्ला सदस्य मानबहादुर लिम्बुले विकास र सामाजिक काममा सबै क्षेत्रले स्वार्थ त्यागेर एकजुट हुनुपर्ने बताउनुभएको छ । ढुंगामा कुँदेर बनाइने मुर्ति सहितको मुर्तिकला पार्कलाई बेलबारीकै गहनाका रुपमा विकास गरिने सृजना सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष छत्र लिम्बुले बताउनुभयो ।


कार्यशाला उद्घाटनका क्रममा पञ्चेबाजाको टोली,धिमाल,राजवंशी लगायत जातिको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।विभिन्न दल तथा संघसंस्था,विद्यालयका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यशालामा जर्मनीका पिटर हार्गेट, जापानका नारियो ताकोका, भारतका अनुपकुमार गुप्ता, इटलीका माकी नाकामुरा, वंगलादेशका अविजित कान्ती दास सहित नेपाका चर्चित मुर्तिकारहरुको सहभागिता रहेको छ ।
१८ दिनसम्म चल्ने कार्यशालामा सहभागी मुर्तिकारहरुलाई खान र बस्नको व्यवस्था आयोजकले नै मिलाएको छ । १ करोड ८० लाख रुपैयाँको लागतमा कार्यशाला सम्पन्न हुने सिर्जना पार्क निर्माण उपभोक्ता समितिका सचिव शंकर गूरुङले जानकारी दिनुभएको छ । ३३ विगाहा क्षेत्रफलमा मुर्ति पार्क बन्न लागेको गुरुङले जानकारी दिनुभयो । पार्क निर्माण भएसँगै सो क्षेत्र सामाजिक सांस्कृतिक सामुदायिक बगैँचाको रुपमा स्थापित हुने अपेक्षा गरिएको छ । यसले वातावरणिय सौन्दर्य बढाउनुका साथै आन्तरिक तथा वह्य पर्यटकहरुको आकर्षक गन्तव्यका रुपमा स्थापित भइ आर्थिक समृद्धि र दिगो पर्यटन विकासमा ठुलो टेवा पुग्ने स्थानिय वासिन्दाको विश्वास रहेको छ ।

 

Facebook Comments
Show More

Related Articles