समाचार

भारतबाट बाँदर समाउन आएका शिकारी खाेटाङमा 

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फागुन ३

बाँदर समाउनका लागि भारतको उत्तरप्रदेशबाट झिकाइएका पेशेवर शिकारीलाई खोटाङमा स्वागत गरिएको छ ।

अन्नबाली सखाप पारेर किसानलाई हैरान पारिरहेको बाँदरलाई समात्नका लागि भारतको खुसीनगरबाट आएका ९ जना पेशेवर शिकारीलाई शुक्रबार दिक्तेलमा स्वागत गरिएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

किसानको खेतबारीको अन्नबाली सखाप पार्ने बाँदरलाई खोर तथा जालका मदतले समाएर निकुञ्जमा पुर्‍याउनका लागि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा भारतीय शिकारीलाई दिक्तेलमा बोलाइएको हो ।

बाँदर समात्नका लागि गत माघ २१ गते दिक्तेल आइपुगेका दुई जना शिकारीले आफ्नो थप ७ जनाको टोली शुक्रबार ल्याएका हुन् ।

दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिकाभित्रका १५ वडाका किसानलाई हैरान पारिरहेका बाँदरलाई समातेर निकुञ्ज पुर्‍याउनका लागि नगरपालिकाकै १० लाख रुपैयाँको खर्चमा शिकारीलाई जिल्ला भित्र्याइएको अध्यक्ष घिमिरेले बताउनुभयो । उज्यालाेबाट

Facebook Comments
Show More

Related Articles