खेलकुद

एनप्याव्सन मोरङको स्पोर्ट्स मिटमा कानेपोखरीको पिनाकल उत्कृष्ट

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फागुन ३
एन प्याव्सन मोरङले आयोजना गरेको दोस्रो एन प्याव्सन स्पोर्ट्समा कानेपोखरीको पिनाकल ज्ञान मन्दिर उत्कृष्ट भएको छ । मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थीत लक्ष्मी खेल मैदानमा बिहिवार देखी सुरु खेलकुदमा कानेपोखरीको पिनाकल ज्ञान मन्दिरले १९ स्वर्ण ९ रजत र ७ कास्यका साथ १३६ अंक हासिल गर्दै एथ्लेटिक्स तर्फ उत्कृष्ट बनेको हो ।
त्यस्तै मिक्लाजुङको निर्मल शिदार्थ इंलीस स्कुलले ५ स्वर्ण १५ रजत र १४ कास्यका साथ ९८ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ त्यसैगरी ग्रामथानको बुद्ध इंलिस स्कुलले ८ स्वर्ण ३ रजत र २ कास्य साथ ५३ अंक प्राप्त गर्दै तेस्रो स्थान ओगटेको छ । भलिवल छात्र तर्फ ग्रामथानको बुद्ध इंलिस स्कुल प्रथम कसेनी मोडल स्कुल बेलवारी दोस्रो र मिक्लाजुङको निर्मल शिदार्थ इंगलीस स्कुलले तेस्रो स्थान हात पारेका छन् । भलिवलकै छात्रा तर्फ माउण्ट हर्मन प्रथम मोरङ ज्ञानोदय बेलवारी दोस्रो र पिनाकल ज्ञान मन्दिर कानेपोखरीले तेस्रो उपाधी हासिल गर्न सफल भएका छन् । कवड्डी जुनियर छात्रतर्फ मोरङ ज्ञानोदय प्रथम, पिनाकल ज्ञान मन्दिर दोस्रो र सगरमाथा इंलीस स्कुलले तेस्रो स्थान हासिल गरे भने जुनियर छात्रातर्फ माउण्ट हर्मोन प्रथम, बुद्ध ईलिस स्कुल दोस्रो र डाँगिहाट लिटल बुद्धले तेस्रो भए । कवड्डी सिनियर छात्रातर्फ निर्मल शिद्धार्थ प्रथम पिनाकल ज्ञान मन्दिर दोस्रो र मोरङ ज्ञानोदय तेस्रो स्थान हासिल गर्न सफल भए ।
विजेता टिमलाई एनप्याव्सन प्रदेश नम्वर १ का अध्यक्ष जय बहादुर श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । स्पोर्टस् मिटमा मोरङमा एनप्याब्सन सँग आवद्द निजी स्कूलबाट करिव २ हजार विद्यार्थी खेलाडीहरुले सहभागिता जनाएको एन प्याव्सन जिल्ला सचिव नारायण प्रसाद ढकालले जानकारी दिए ।

Facebook Comments
Show More

Related Articles