खेलकुद

खेलक्षेत्रको व्यवसायिकता बढाउन प्रदेश सरकार गम्भिर : मन्त्री कार्की

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फागुन २
प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले आगामी शैक्षिक सत्र देखि प्रदेश नं. १ का अढाई लाख विद्यार्थीलाई प्रत्यक्ष रुपमा खेलकुदमा सहभागी गराउने बताउनु भएको छ ।
मोरङको बेलवारी ११ लक्ष्मीमार्ग स्थित लक्ष्मी खेल मैदानमा एन प्याव्सनले आयोजना गरेको खेलकुद कार्यक्रमको बिहिवार उद्घाटन गर्दै मन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । उहाँले प्रदेश सरकारले आगामी बैशाख देखि ‘म अगाडि बढ्छु ’भन्ने नाराका साथ सगरमाथा टिन्स क्लव स्थापना गरेर माध्यमिक तहका विद्यार्थीलाई चरित्र निर्माणको अभियानमा सहभागि गराउने बताउनु भयो । उहाँले भन्नुभयो–‘हाम्रो बीचमा धेरै विविधता छ, जातीय,धार्मिक, सामाजिक र सांस्कृतिक विविधता भए पनि यि सबै विविधतालाई जोड्ने एक मात्र माध्यम खेलकुद हो ।’ खेलकुदले भूगोल,जात, धर्म केही भन्दैन ,त्यसैले यसले सबैलाई सामूहिक रुपमा जोड्न सक्छ । एकताको सुत्रमा बाँध्न सक्छ ।
सरकारी स्तरबाट माध्यमिक स्तरमा कुनै खेल गतिविधि नभए पनि नीजि तथा आवाशीय विद्यालयले आयोजना गरेका खेल गतिविधिले खेलकुदको विकास टेवा पुगेको मन्त्री कार्कीको भनाई थियो । उहाँले भन्नुभयो– समाजको आमुल परिवर्तन र राष्ट्र निर्माणको अभियानमा खेलकुदको भूमिका अपरिहार्य छ । विद्यालय तहबाटै खेललाई ब्यावसायिक बनाउन प्रदेश सरकार तयार रहेको उहाँले बताउनु भयो ।
एनप्याब्सन मोरङका अध्यक्ष सूनील दत्त अधिकारीको सभापतित्वमा कार्यक्रम भएको थियो । एन प्याव्सन मोरङका सचिव नारायण प्रसाद ढकालका अनुसार एन प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङ्जम्प, हाईजम्प,ट्रिपल जम्प, सर्टपुट, कवर्डी तथा भलिवलको खेलहरु समावेश गरिएको छ ।

Facebook Comments
Show More

Related Articles