अर्थबिबिधसमाचारसमाज

न्यानो कम्बल वितरणको हिसाव सार्वजनिक

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कानेपोखरी, २ फागुन ।मोरङको कानेपोखरी–६ का युवा ब्यावसायी र समाजसेवीहरूको संयुक्त प्रयासमा गत पुस ४ देखि सुरु भएको न्यायो कम्बल वितरण कार्यक्रम बुधबार हिसाव सार्वजनिक गरी औपचारिक रुपमा सम्पन्न गरिएको छ ।
रमाइलो बजारमा पत्रकार सम्मेलन गर्दै न्यायो कम्बल वितरण कार्यक्रम २०७५ कानेपोखरी गाउँपालिकाका संयोजक विवेक लिम्बू र रमाइलो ब्यापार संघका अध्यक्ष डिल्ली फुयलले कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो । रमाइलो र आसपासबाट विभिन्न स्थानमा रहेर सामाजिक काम गर्दै आउनु भएका २२ जना ब्यक्तिबाट सङ्कलित १ लाख ५० हजार ४ सय मूल्य बराबरको सिरक र कम्बल वितरण गरिएको पत्रकबार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा संयोजक लिम्बूले मङ्सिर ४ गते देखि रकम सङ्कलन गरी पुस ४ देखि सिरक र कम्बल प्रदान गरिएको जानकारी गराउनु भयो । लिम्बूका अनुसार गाउँपालिकाको २ नं. वडामा ५० थान, ३ मा १०० थान ,४ मा २५ थान न्यायो सिरक वितरण गरिएको छ । यस्तै वडा नं.५ मा २५ थान , वडा नं ६ मा ४० थान र वडा नं. ७ मा १० थान न्यायो सिरक वितरण गरिएको थियो ।
यस्तै सिरक खरिदमा १ लाख ३७ हजार ५०० रुपियाँ खर्च भएको जनाइएको छ । ढुवानीमा १२ हजार ५०० र ४०० रुपियाँ ब्यवस्थापनमा खर्च भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

Facebook Comments
Show More

Related Articles