खेलकुद

लक्ष्मीमार्गमा एन प्याव्सन स्पोर्टस् हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फागुन १
मोरङ एन प्याव्सनले स्पोर्टस् मिटको आयोजना गर्ने भएको छ । एनप्याब्सन मोरङले बुधवार बेलवारीको लक्ष्मीमार्गमा पत्रकार सम्मेलन आयोजना गरि दोस्रो एनप्याब्सन स्पोर्टस् फागुन २ गतेदेखि हुने जनाएको छ ।लक्ष्मीमार्ग स्थित लक्ष्मी खेल मैदानमा स्पोर्टस हुने भएको हो । विराटनगरमा आयोजना हुने गरेको भएपनि यसपाली महिला साफ फुटबल को कारण मैदान अभाव हुने भएकाले लक्ष्मीमार्गमा आयोजना गर्न लागिएको एनप्याब्सन मोरङका अध्यक्ष सुनिलदत्त अधिकारीले जानकारी दिनुभयो ।
मोरङमा एनप्याब्सन सँग आवद्द निजी स्कूलबाट करिव २ हजार विद्यार्थी खेलाडीहरुले स्पोर्टस् मिटमा प्रत्यक्ष सहभागिता जनाउने आयोजकले दावी गरेको छ । त्यसक्रममा ८२ वटा खेलहरु आयोजना हुने खेल संयोजक दिपेन्द्र खुलालले जानकारी दिनुभयो ।
प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाईजम्प,ट्रिपल जम्प, सर्टपुट, कवर्डी तथा भलिवलको खेलहरु समावेश गरिएको एनप्याब्सन मोरङका सचिव नारायण प्रसाद ढकालले बताउनु भयो ।

Facebook Comments
Show More

Related Articles