खेलकुदसमाचार

नेपाल पुलिस क्लब बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

धरान । सुनसरीमा जारी बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा नेपाल पुलिस क्लब बिजयी भएको छ । क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबले पोखराको सहारा क्लबलाई ‘सडनडेथ’मा ४–३ ले पराजित गरेको हो ।

यो जित सँगै पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा भएको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि निर्णय ‘टाइब्रेकर’बाट लिइएको थियो । खेलको ३३औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई अग्रता दिलाएकोमा ८४औं मिनेटमा सहाराका विश्व अधिकारीले पेनाल्टीमार्फत् बराबरी गोल गरेका थिए ।

टाइब्रेकरमा दुवै टोलीले २–२ प्रहारलाई गोलमा परिणत गर्न नसक्दा सडनडेथमा पुगेको खेलमा पुलिस विजयी भएको हो ।
प्रतियोगिताको उपाधि विजेताले ८ लाख रुपैयाँ जित्नेछ । मंगलबार आयोजक धरान फुटबल क्लबले भारत, कोलकाताको टिमसँग खेल्नेछ ।

Facebook Comments
Show More

Related Articles