खेलकुदसमाचार

बी डिभिजन लिग: मध्यपुर र सातदोबाटो विजयी

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाण्डौ । शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत सोमबार भएका दुइ खेलमा सातदोबाटो युथ क्लब र मध्यपुर युथ एशोसिएशन विजयी भएका छन् । ललितपुरको एन्फा मैदानमा संपन्न खेलमा सातदोबाटोले श्रीकुमारी क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो । दोस्रो खेलमा मध्यपुर युथ एशोसिएशनले खुमलटारमाथि ३–२ गोलको जित निकालेको छ ।

सातदोबाटोले २१ औं मिनेटमा दीपेश गुरुङको गोल मार्फत शुरुआती अग्रता लिएको थियो । सातदोवाटोले ५३ औं मिनेटमा अग्रता दोब्बर बनायो । उसका लागि रञ्जन पुनले गाल गरेका थिए । श्रीकुमारीका लागि सुविज्ञ रेग्मीले दोस्रो हाफको अतिरिक्त समयमा सान्त्वना गोल गरेका थिए ।

यस्तै दोस्रो खेलमा मध्यपुर युथ एशोसिएशनले खुमलटारमाथि ३–२ गोलको जित निकालेको छ । खुमलटारका लागि अभय राणाले २ गोल गरे पनि त्यो हार टार्न पर्याप्त भएन । मध्यपुरका लागि सुवर्न विक्रम कार्की, कैलान लामिछाने र विवेश गुरुङले एक÷एक गोल गरेका थिए ।

Facebook Comments
Show More

Related Articles