nirantarkhabarखेलकुदसमाचार

हिरो गोल्डकप: नेपालले हरायो भारतलाई

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

भारतमा सन्चालन भइरहेको हिरो गोल्डकपमा नेपालले भारतलाई पराजित गरेको छ । भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत सोमबार साँझ भएको खेलमा नेपालले भारतलाई २–१ गोलले हराएको हो ।

भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेल सुुरु भएको पाँचौ मिनेटमै नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् । त्यसको एक मिनेटमै फेरि नेपाली खेलाडीले प्रहार गरेको बललाई भारतीय गोलकिपर अदिती चौहानले नै जाली चुमाइन् । उपहार गोलमार्फत नेपालले अग्रता दोब्बर बनायो ।

खेलको ८४औँ मिनेटमा भारतका लागि रत्नाबाला देवीले फ्रीकिकमार्फत गोल गरिन् । पहिलो खेलमा म्यानमारसँग तीन–शून्यले पराजित भएको नेपालले यो जितसँगै तीन अंक जोडेको छ । नेपालको उपाधि होड कायमै छ ।
हिरो गोल्डकपमा चार टिम सहभागी छन् । प्रतियोगितामा नेपालले पहिलो जित निकालेको हो ।

फाइनल पुग्न नेपालले बुधबार हुने समूह चरणको अन्तिम खेलमा इरानलाई हराउनै पर्नेछ भने भारत र म्यानमारले कम्तीमा बराबरी खेल्नुपर्ने छ । म्यानमारले भारतलाई पराजित गरेमा पनि नेपालको फाइनल यात्रा पक्का हुनेछ ।
नेपालमा आयोजना हुने पाँचौ महिला साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल अन्तर्रा्ष्ट्रिय अभ्यासका लागि हिरो कपमा सहभागी भएको हो ।

Facebook Comments
Show More

Related Articles