nirantarkhabarसमाचार

म्यानपावर कम्पनी तीन तहमा वर्गीकरण,धरौटी रकम परिमार्जन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाण्डौ । सरकारले म्यानपावर कम्पनीलाई तीन तहमा वर्गीकरण गर्दै धरौटी रकम परिमार्जन गरेको छ । सोमबार बसेको संसदको कानुन समितिको बैठकले केही नेपाल ऐन संशोधन विधेयकमा वैदेशिक रोजगार ऐन २०६४ लाई संशोधन गर्दै म्यानपावर कम्पनीलाई तीन तहमा वर्गीकरण गरेको हो ।

बैठकले धरौटी रकमसमेत परिमार्जन गर्ने सहमति गरेको छ । समितिले वर्षमा ३ हजारसम्म कामदार पठाउनेलाई ५० लाख नगद र १ करोड ५० लाख बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउनेलाई १ करोड नगद ५ करोड बैंक ग्यारेन्टी र पाँच हजारभन्दा बढी कामदार पठाउनेलाई २ करोड नगद र ७ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरेको छ ।

यसअघि, सरकारले ५ हजारभन्दा बढी कामदार पठाउनेलाई ६ करोड र कम पठाउनेलाई ३ करोड धरौटी राख्नु पर्ने भन्दै विधेयक दर्ता गरेको थियो ।
यस्तै, समितिले वर्षमा सय जना कामदार विदेश पठाउन नसक्ने म्यानपवार व्यवसायीलाई खारेज गर्ने निर्णय गरेको छ । नेपाल ऐनमार्फत वैदेशिक रोजगार ऐनमा संशोधन गरेको संशोधन प्रस्तावमा समितिले कामदार कम्पनीलाई एक पटक अवसर दिने र अर्को पटक पनि सयभन्दा बढी कामदार पठाउन नसकेमा खारेज गर्ने निर्णय गरेको छ ।

यस्तै, एकाघरका परिवारले एउटाभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने र त्यस्तो भए ६ महिनाभित्रमा मर्ज गर्न समय दिने निर्णय पनि गरेको छ ।
समितिले पारित गरेको विधेयक मंगलबार बस्ने संघीय संसदको बैठकबाट पारित भएमा म्यानपावरसम्बन्धी नयाँ व्यवस्था लागु हुनेछ ।

Facebook Comments
Show More

Related Articles