nirantarkhabarसमाचार

नेपाल दलित संघको क्षेत्रिय अधिवेसन सम्पन्न

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

माघ २८, बेलबारी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित संघको क्षेत्रिय अधिवेसन सम्पन्न भएको छ । सोमबार मोरङको बेलबारी १० स्थित भाउन्नेमा मोरङ क्षेत्र नं ३ को अधिवेसन संपन्न भएको हो ।

अधिवेसनले मिना सेन्चुरीको अध्यक्षतामा ३५ सदसिय नयाँ कार्यसमिति समेत चयन गरेको क्षेत्रिय सचिव केदारमणि पौडेलले जानकारी दिए । नयाँ कार्यसमितिको उपाध्यक्ष कुमार विक,सचिवमा गोपाल नेपाली, कोषाध्यक्ष हिमा विश्वकर्मा चयन भएका छन । त्यस्तै सदस्यहरुमा राजन हिन्माङ, गोविन्द पाँचकोटी, गोपाल कालिकोटे, दिल कुमारी विक, कृष्ण परियार, अनिता नेपाली, यसोदा मग्राती लगायत चयन भएका छन ।

नेपाली काँग्रेस महासमिति सदस्य बसन्त भटराईको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा बिशिष्ट अतिथिमा प्रदेश सभा सांसद शेखरचन्द्र थापा, डा. सुनिल शर्मा रहेका थिए भने अतिथिहरुमा महासमिति सदस्य महेन्द्र सुवेदी लगायतको उपस्थिति रहेको थियो । क्षेत्रिय सभापति गणेश खड्काको सभापतित्वमा कार्यक्रम संपन्न भएको थियो ।

Facebook Comments
Show More

Related Articles