nirantarkhabarसमाचार

अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने जस्ता कार्य सरकारले सहदैन: प्रधानमन्त्री

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

माघ २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने कार्य आतंककारी गतिविधि भएको बताएका छन । गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै उनले अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने कार्य आतंककारी गतिविधि भएको उल्लेख गर्दै यसलाई सरकारले नसहने बताएका हुन ।

प्रधानमन्त्री ओलीले जनतामा निराशा फैल्याउन स्वार्थी तत्वहरु सक्रिय रहेकाले सचेत रहन आग्रह गरेका छन् । उनले जन अपेक्षाअनुसार काम गर्ने आधार तयार भैरहेका बेला निरास बनाउने प्रयास अनुचित र अनुपयुक्त भएको बताए ।

प्रधानमन्त्री ओलीले चैत्र दोस्रो साता हुने लगानी सम्मेलन भाडेर वैदेशिक लगानी भित्रन निदिने षड्यन्त्र भैरहेको जिकिर पनि गरे ।

Facebook Comments
Show More

Related Articles