nirantarkhabarखेलकुदसमाचार

डीपीएलमा रुपन्देही च्यालेन्जर्स विजयी, महेन्द्रनगर युनाइटेड दुई रनले पराजित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२८ माघ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा रुपन्देही च्यालेन्जर्सले विजयी सुरुवात गरेको छ । तेस्रो संस्करणको डीपीएलमा सोमबार भएको खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गर्दै शुखद सुरुवात गरेको हो ।

फाप्ला क्रिकेट मैदानमा सोमबार भएको खेलमा ११२ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०९ रन बनायो । महेन्द्रनगरका सुब्रमन्यम आनन्दले २५ र रोहितकुमार पौडेलले २४ रन बनाए । त्यस्तै, मोहम्मद नाभिद १२ रनमा आउट भए । महेन्द्रनगरलाई सस्तैमा समेट्ने क्रममा रुपन्देहीका बिक्रम सोबले तीन र पुनित मेहराले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १११ रन बनाएको थियो । रुपन्देहीका सुमित महर्जनले २७, विनोद भण्डारीले १९, बिक्रम सोबले १६ र सन्दीप सुनारले १५ रन बनाएका थिए । बलिङतर्फ महेन्द्रनगर युनाइटेडका सिद्धान्त लोहनीले तीन विकेट लिए । त्यस्तै, अविनाश बोहरा र सागर ढकालले समान २–२ विकेट लिए ।

सर्वाधिक पुरस्कार राशीको डीपपीएल विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउने छन् ।

Facebook Comments
Show More

Related Articles