nirantarkhabarखेलकुदसमाचार

हिरो गोल्डकप : नेपाललाई जित्नैपर्ने दबाब

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

माघ २८ । भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगितामा अंकबिहिन रहेको नेपालले सोमबार भारतसँग खेल्दैछ । यो खेलमा नेपाल पराजित भएमा उपाधिको यात्रा समाप्त जस्तै हुने भएकोले नेपाललाई जित्नैपर्ने दबाब रहेको छ ।

कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार साँझ सात बजेबाट सुरू हुनेछ । पहिलो खेलमा म्यानमारसँग तीन शून्यले पराजित भएको नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिन लागेको हो । जितसँगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो भने पराजित नेपाल अंकविहीन छ ।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारी स्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

Facebook Comments
Show More

Related Articles