nirantarkhabarसमाचार

नेविसंघ अध्यक्ष महरले दिए राजिनामा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

२८ माघ, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । महरले सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

नेविसंघको महाधिवेशन हुन नसकेको अवस्थालाई ध्यान दिँदै राजीनामा दिएको महरले बताएका छन । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएको थियो । काँग्रेस केन्द्रिय समिति बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने कांग्रेसको तयारी छ ।

नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो । त्यसैले गत २७ पुसमै महामन्त्री सरोज थापासहितका ७ पदाधिकारीहरुले राजीनामा दिएका थिए ।

Facebook Comments
Show More

Related Articles