अर्थबिबिधसमाचारसमाज

पथरीको पहिलो वार सिक्का

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पथरीशनिश्चरे (मोरङ) २८माघ । मोरङको पथरीशनिश्चरेका सात जना युवा ब्यावसायीले सुविधा सम्पन्न वार सञ्चालनमा ल्याउने भएका छन् ।
सोमबार पत्रकार सम्मेलन गरी सिक्का लन्ज एण्ड वार वीथ लाइभ म्युजिक नामको वार फागुन २ गते प्रणय दिवसको दिन देखि सञ्चालनमा ल्याउने जानकारी गराएका हुन् ।साङ्गितिक वातावरणमा परिवार मैत्री सेवा दिने गरी सञ्चालनमा आएको वारमा एक पटकमा ७० जना ग्राहक बस्न सक्ने सञ्चालक सञ्जीव गिरीले बताए । गिरीका अनुसार वार सँगै २५ जना अट्ने सभाहल र ५० जना अट्ने वर्थ डे हल पनि रहेका छन् ।
पथरी तीव्र शहरीकरण भइरहेको पूर्वी मोरङको शहर हो । पथरी क्षेत्रका ग्राहकहरू ठूलो खर्च गरेर छिमेकी शहरहरूमा वारको सेवा लिन जाने गरेकाछन् । आफ्ना शहरका वार शौखिनहरूलाई पथरी मै सेवा दिन ६५ लाख लाख रुपैयाँ खर्चेर वार सञ्चालन ल्याइएको धिरेन सुब्बाले बताए । पथरीमा सञ्चालनमा आउने वारले उर्लाबारी,रमाइलो,लेटाङ,दमक,बेलबारी देखि विराटचौक सम्मका ग्राहकलाई लक्षित गरेको छ । वार सञ्चालनमा आएपछि १० जनाले रोजगार पाउने सञ्चालकहरूको भनाई छ ।
वारमा सञ्जीव गिरी,धीरेन सुब्बा, मिलेन श्रेष्ठ,पूजन गजमेर र नैना राईको लगानी रहेको छ । यस्तै सुजन श्रेष्ठ र विशु राईको समेत वारमा लगानी रहेको छ ।

Facebook Comments
Show More

Related Articles