कृषिबिबिधसमाचारसमाज

सुन्दर टोलमा च्याउ खेती तालिम

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । मोरङको बेलबारी ३ स्थित सुन्दर टोल विकास संस्थामा च्याउ खेती तालिमको आयोजना भएको छ । सुन्दर टोल विकास संस्थाको आयोजनामा ३ दिने च्याउ खेती तालिम सन्चालन भइरहेको छ ।

तालिममा महिलाहरूको सहभागिता उत्साहजनक रहेको छ । बेलबारी वाड नं.३ वडा कार्यालयको सहयोगमा टोलवासीहरूलाई आत्मानिभर तथा स्वरोजगार बनाउन आयोजना गरिएको तालिममा अधिकांश महिलाहरू सहभागी भएकोले कृषि व्यवसायमा सुन्दर टोल भित्र महिलाहरू धेरै चासो भएको महसुस गरेको टोल संस्थाका अध्यक्ष खनेन्द्र कुमार राई (अर्जुन) ले बताए ।

उनले २६ गते देखी २८ गते सम्म तालिम हुने जनाएका छन् । तालिमको समापन पश्चात् तालिममा सहभागी भएका प्रशिक्षार्थीले उत्पादन गरेको च्याउको परिकार बनाएर सानो खानपिन कार्यक्रम गर्ने सुन्दर टोल विकास संस्थाको योजना रहेको छ । च्याउ खेतीलाई व्यवसायिक बनाउन सहभागी प्रशिक्षार्थीहरुले च्याउ उत्पादनको कार्यलाई निरन्तर गरी रहने बताएका छन् । तालिममा बिमेश दाहालले प्रशिक्षण प्रदान गदै छन् ।

Facebook Comments
Show More

Related Articles