बिबिधसमाचारसमाज

अनाम समाजले क्यान्सर पिडितका लागि जुटायो सहयोग

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

माघ २७
राष्ट्रिय कलाकार विनोद गुरुङकी क्यान्सर पिडित श्रीमती रिता श्रेष्ठ गुरुङको उपचारका लागि अनाम समाजले ६० हजार रुपैयाँ संकलन गरेर हस्तान्तरण गरेको छ । बेलबारी ४ स्थित अनाम समाजले बेलबारी ४ कै वुधबारे बजारमा सांगितिक कार्यक्रम आयोजना गरेर सहयोग रकम संकलन गरेको हो । संकलित रकम आयोजक अनाम समाजका अध्यक्ष केदार गुरुङ लगायत स्थानिय युवाहरुले संयुक्त रुपमा गायक विनोद गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा गायक विनोद गुरुङ,उहाँका छोरा विवेक गुरुङ र छोरी सिवानी गुरुङले पनि प्रस्तुती दिनुभएको थियो । यस्तै बेलबारीकै चर्चित व्याण्ड अध्याय नेपालले पनि आफ्नो प्रस्तुती दिएको थियो । व्याण्डका सन्तोस गुरुङले ४ वटा गित गाएका थिए । सन्तोसलाई अध्याय नेपालकाअभय थापा मगर,अभिषेक दाहाल र टिकाहाङ लिम्बुले साथ दिएका थिए ।
क्यान्सर पिडित रिता श्रेष्ठको उपचार सहयोगका लागि अनाम समाजका सदस्यहरु गाउँ टोलमा खटिएर रकम संकलन गरेको कार्यक्रमका संयोजक मोहन पौडेलले जानकारी दिए । कार्यक्रमस्थलमै व्यक्तिगत रुपमा धेरै व्यक्तिले रकम सहयोग गरेका थिए । ४ नम्बर वार्डका टोल विकास संस्थाहरुले पनि रकम सहयोग गरेको पौडेलले जानकारी दिए । सामाजिक कार्यहरु गर्दै आएको अनाम समाजले यसकै श्रृङखला स्वरुप सहयोग संकलनको कार्यक्रम गरेको सहसंयोजक मनोज गुरुङले जानकारी दिएका छन् । आउदा दिनमा पनि समाजमा योगदान पुग्ने र परोपकारका क्षेत्रमा गतिविधिलाई निरन्तरता दिने अनाम समाजले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles