बिबिधसमाचारसमाज

संस्थापक विद्यार्थीलाई रुद्राक्षमालाले सम्मान

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

कानेपोखरी(मोरङ) २४ माघ । मोरङको जनसेवा माध्यमिक विद्यालयले स्वर्ण महोत्सवका अवसरमा बिहीबार पाँच जना संस्थापक विद्यार्थीलाई सम्मान गरेको छ ।
२०२५ सालको सरस्वती पूजाको दिन स्थापना भएको विद्यालयमा सोही दिन भर्ना भएका विद्यार्थीहरूलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरूमा इन्द्रप्रसाद कोइराला,वीरेन्द्रप्रसाद कोइराला, जगन्नाथ पौडेल, मोहनप्रसाद न्यौपाने र बलराम सापकोटा हुनुहुन्छ । संस्थापक पूर्व विद्यार्थीहरूलाई विद्यालयका प्रधानध्यापक दामोदर सिग्देलले रुद्राक्षमाला लगाएर सम्मान गर्नुभयो ।
बिहीबार नै विद्यार्थी पुनर्मिलन समारोहको समेत आयोजना गरियो । समारोहमा पूर्व विद्यार्थीहरूले विद्यालयको शैक्षिक एवं भौतिक विकासको लागि सहयोगको घोषणा गरेका छन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले स्वर्ण महोत्सव स्मारकको अनावरण गर्ने कार्यक्रम रहेको छ । शुक्रबार समेत विभिन्न ब्यक्तिहरूलाई रुद्राक्षमालाले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

Facebook Comments
Show More

Related Articles