nirantarkhabarखेलकुदसमाचार

फिफा बरियतामा नेपाल यथावत स्थानमा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

फिफा बरियतामा नेपाल यथावत स्थानमा नै रहेको छ । विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको विश्व बरियतामा नेपाल १६१ औं स्थानमा यथावत नै रहेको हो ।

विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा कायमै रहेको छ । त्यस्तै, विश्वविजेता फ्रान्स भने दोस्रो स्थानमा छ । ब्राजिल तेस्रो स्थानमा रहँदा चौथो स्थानमा क्रोएसिया, पाँचौमा इंग्ल्यान्ड र छैटौं स्थानमा पोर्चुगल रहेका छन् । त्यस्तै, सातौंमा उरुग्वे रहँदा आठौं स्थानमा स्वीट्जरल्यान्ड, नवौंमा स्पेन र १० औं स्थानमा डेनमार्क रहेका छन् ।

केही दिनअघि मात्रै जापानलाई पराजित गर्दै एसियन कपको उपाधि उचालेको कतारले भने ३८ स्थान सुधार गर्दै विश्व बरियतामा ५५ औं स्थानमा उक्लिएको छ । कतारले एसिया क्षेत्रको पावर हाउस मानिने राष्ट्रहरुलाई पराजित गर्दै एसियन कपको उपाधिसँगै इतिहास रहेको थियो ।

Facebook Comments
Show More

Related Articles