समाचार

जन्ती बोकेको टिपर दुर्घटना : दुई जनाको ज्यान गयो, ४० जना घाइते

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  
माघ २४

जन्ती बोकेको टिप्पर दुर्घटना हुँदा  सिन्धुलीमा २ जनाको ज्यान गएको छ ।

४० जना घाइते भएका छन् । हिजो बेलुकी रामेछापको खाँडदेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिप्पर सिन्धुलीको सुनकोशी गाउँपालिका–२, कमेरेफाँटमा दुर्घटना हुँदा घाइते भएका काभ्रेको तिमाल–९, की २२ वर्षकी कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामाको ज्यान गएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका मध्ये १० जनालाई थप उपचारको लागि काठमाण्डौको ट्रमा सेन्टरमा ल्याइएको छ । अरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । टिप्परमा कतिजना सवार थिए भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles