समाचार

कालोपत्रे सडक उद्घाटन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

माघ २३
झापाको दमक १३ स्थित अद्धेत मार्ग कालोपत्रे सडक उद्घाटन गरिएको छ । उपभोक्ताको ११ लाख ८८ हजार रुपैयाँ र नगरपालिकाको २२ लाख ६ हजार सहित कूल ३४ लाख ७४ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको २ सय ४० मिटर लामो सो सडकको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले उद्घाटन गर्नु भयो । प्रमुख ओलीले उपभोक्ताहरु संगको साझेदारीमा सम्पन्न गर्न सकिने योजनाहरुलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो । ढलसहितको सडक कालोपत्रे योजना सम्पन्न गर्न गठन गरिएको निर्माण उपभोक्ता समितिकी अध्यक्ष रामकुमारी पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा कोषाध्यक्ष चण्डी प्रसाद रेग्मीले योजना सम्पन्न गर्न जुटाइएको आर्थिक स्रोत र खर्च विवरण सार्वजनिक गर्नुभएको थियो । सो अवसरमा योजना सम्पन्न गर्न महत्वपूर्ण योगदान दिएको भन्दै गोरखा डिपार्टमेन्ट स्टोर, युनिक कलेज, प्रविन निर्माण सेवा र हरिनारायण ढकाललाई सम्मान पत्र प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन उपभोक्ता समितिका सचिव शिव बहादुर नेपालले गरेका थिए ।

Facebook Comments
Show More

Related Articles