खेलकुद

दमकमा वैकुण्ठ मानन्धर आउने : ५० हजार पुरस्कार सहितको म्याराथन आयोजना हुँदै (अडियाे सामग्री सहित)

उमेर समुह र लिङ्ग अनुसार छुट्टाछुट्टै म्याराथन हुने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

माघ २३
नेपालको सन्दर्भमा म्याराथन धावनको पर्याय नै मानिने चर्चित तथा अग्रज धावक वैकुण्ठ मानन्धर दमक आउने भएका छन् । झापाको दमकमा दमक रन टिमले तेस्रो पटक आयोजना गर्न लागेको ‘गोल्डस्टार सुज दमक खुला म्याराथन’ मा सहभागी हुन मानन्धर सहित अन्य चर्चित धावक एवम् व्यक्तिहरु झापा आउन लागेका हुन् । वैकुण्ठ सँगै संगितकार वुद्धविर लामा,धावक कान्छीमाया कोजु लगायत पनि कार्यक्रममा आउने दमक रन समुहका अध्यक्ष दिवस राईले जानकारी दिए ।
समुहको आयोजनामा आउदो माघ २६ गते विभिन्न दुरीका म्याराथन आयोजना हुँदैछ । बैकुण्ठ मानन्धर सँग दौडौ भन्ने आव्हानका साथ हुन लागेको म्याराथनको तयारी पुरा भएको पनि अयोजनकले जानकारी दिएको छ दमकमा वुधबार पत्रकार सम्मेलन गर्दै समुहले आयोजनाबारे जानकारी दिएको हो ।

दमक रन, अल रन भन्ने मुख्य नारासहित स्थापना भएको सो समुहले यहि माघ २६ गते आयोजना गर्ने सो म्याराथुनमा ३ उमेर समुहमा महिला÷पुरुषहरु सहभागि हुनेछन् । अध्यक्ष राइका अनुसार खुल्ला अर्थात सबै उमेर समुहका पुरुष धावकहरुबिचको प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजार, दोश्रोले ३० हजार र तेस्रो हुने धावकले २० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र हात पार्नेछन् । भने सोहि दुरीको खुल्ला तर्फ महिलाहरु बिचको प्रतियोगितामा प्रथम हुनेले नगद ४० हजार, दोश्रो हुनेले २५ हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्ने अध्यक्ष राईले बताए ।
अध्यक्ष राईका अनुसार ७ देखि १२ बर्ष उमेर समुहका बालबालिकाका लागि भने ५ किलोमिटर दुरी तोकिएको छ । सो उमेर समुहको दौडमा प्रथम हुनेले नगद ७ हजार, दोश्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ पुरस्कार र प्रमाण पत्र हात पार्नेछन् । त्यसबाहेक १३ देखि १६ बर्ष उमेर समुहका युवायुवतीहरु सहभागि गराइने १५ किलो मिटर दुरीको दौडमा प्रथम हुनेले नगद १५ हजार, दोश्रोले १० हजार र तेस्रोले ५ हजार रुपैयाँ पुरस्कारसहित प्रमाण पत्र हात पार्नेछन् । त्यसैगरी ४० बर्ष माथिको उमेर समुहको १५ किलो मिटर दुरीकै भेट्रान महिला तथा पुरुष दौडमा पहिलो हुनेले नगद ७ हजार, दोश्रो हुनेले ५ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ नगद प्राप्त गर्न सक्नेछन् । दमकको पश्चीम बस स्टेण्ड अगाडीबाट शुरु हुने म्याराथुन दमक बजार क्षेत्र , हिमावि हुँदै ढुकुरपानी चोक पुगेर कृष्णमन्दिर हुँदै पुन पश्चीम बस स्टेड सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । सो दुरीको दौडमा सहभागिताका लागि प्रदेश नं १ कै विभिन्न जिल्लाबाट धावकहरुले इच्छा व्यक्त गरिरहेका बताइएको छ । स्वास्थ्यका लागि दौड अनिवार्य जस्तै बन्दै गएका कारण स्वास्थ्य चेतना र अल्ट्रा धावकहरुको उत्पादनमा सहयोग पुरयाउने उदेश्यले यस किसिमको दौडलाई निरन्तरता दिइएको समुहका सदस्य जीवन चुँडालले बताए ।

सुन्नुहाेस अडियाे सामग्री

Facebook Comments
Show More

Related Articles