nirantarkhabarसमाचार

पूँजीवाद र साम्यवादको पछि लागेर अघि बढ्न सकिदैन, प्रत्यक्ष निर्वाचित कार्यकारी उपयुक्तः भट्टराई

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

माघ २२, रामेछाप । नेपालमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था उपयुक्त हुने पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति नेपाल पार्टीका संयोजक डा.बाबुराम भट्राईले बताएका छन् । नयाँ शक्ति पार्टी नेपालको जनसंवाद अभियान अन्तरगत पुर्व पाँचथरको चिवा भञ्ज्याङदेखि मध्य पहाडी लोकमार्ग हुदै नवौं दिनका दिन मंगलबार रामेछाप सदरमुकाम मन्थलीपुगेका भटराइले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतीय प्रणाली नेपालको उपयुक्त शासन प्रणाली हुने बताएका हुन् ।

भट्टराईले पूँजीवाद र साम्यवाद दुबैको सिङ भाँचिएको भन्दै अब यी दुबै वादको पछि लागेर अघि बढ्न नसकिने धारणा राखे । ‘अब हामी न्यायपूर्ण समाज, आर्थिक समृद्धि र सँस्कारिक र वैज्ञानिक लोकतन्त्रको बाटोबाट अघि बढ्नुपर्छ । यसको सूत्र मसँग छ’ उनले भने ।

राज्यको सत्ता सञ्चालन बिचौलियाले कमिसन खाने र फेरि सत्तामा जाने गोलचक्करमा फसेको भन्दै भट्टराईले यसबाट बाहिर निस्कन पुरानो संरचनालाई तोड्नुपर्ने बताए । नेपाली समाजमा क्रान्तिको एउटा चरण पूरा भएको भन्दै उनले राजनीतिक क्रान्तिको यो चरणलाई टेकेर विकास र समृद्धिको यात्रामा प्रवेश गर्न नयाँ सोच र दृष्ट्रिकोण आवश्यक भएको दावी गरे ।

Facebook Comments
Show More

Related Articles