nirantarkhabarमनोरञ्जनसमाचार

चलचित्र विकास बोर्डकी अध्यक्ष पौडेलले दिइन पदबाट राजीनामा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं । चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले पदबाट राजीनामा दिएकी छन् । २०७४ मङ्सिर २५ गते खुला प्रतिस्पर्धाबाट बोर्डको अध्यक्षमा नियुक्ति भएकी पौडेलले बुधबारदेखि लागु हुनेगरी पदबाट राजीनामा दिएकी हुन ।

सूचना तथा सञ्चारमन्त्रीलाई राजीनामा दिएको विज्ञप्ति मार्फत पौडेलले सार्वजनिक गरेकी छन् । उनले ब्यक्तिगत जीवनमा ब्यस्त हुनुपर्ने कारणले राज्यको काममा कुनै बाधा नपरोस् भनेर यस्तो निर्णय गरेको बताएकी छन् ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित समीक्षा बैठकमा अनुपस्थित भएको भन्दै मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । तर पौडेलले मन्त्रालयको स्पष्टिकरण पत्र आफूले नपाएको बताइन् ।

Facebook Comments
Show More

Related Articles