nirantarkhabarसमाचार

देश टुक्र्याउन खोज्ने शक्तिहरुबाट सचेत हुनुपर्ने बेला आयोः गृहमन्त्री थापा

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

सर्लाही । देश टुक्र्याउन खोज्ने शक्तिहरुबाट सचेत हुनुपर्ने बेला आएको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । सर्लाहीमा मंगलबारदेखि सूरु भएको दोस्रो मूर्तिया महोत्सवको उद्घाटन गर्दै मन्त्री थापाले देश टुक्र्याउन खोज्ने शक्तिहरुबाट सचेत हुनुपर्ने बेला आएको बताएका हुन ।

कार्यक्रममा बोल्दै उनले जनताको शोषण गर्न पल्किएकाहरु गणतन्त्रलाई उल्ट्याएर पुरानै व्यवस्था लागु गर्न लागिपरेको दाबी गरे । निर्वाचनबाट पराजित भएका शक्तिहरु र केही विदेशी शक्तिहरु दुई तिहाईको सरकारसँग सन्तुष्ट नरहेकाले बर्तमान सरकार गिराउने खेलमा लागेको उनले आरोप लगाए ।

Facebook Comments
Show More

Related Articles