समाचार

धरानको घण्टाघरमा अश्लिल हर्कत हुनथालेपछि सिसि क्यामेरा जडान

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

माघ २१
अश्लिल हर्कत हुन थालेपछि धरान को भानुचोकमा रहेको घण्टाघरमा सिसिटिभि क्यामेरा जडान गरिएको छ । सिसि क्यामेरा जडान भएसँगै घण्टाघरको सिँढीमा बैसालू जोडीले गर्ने अस्लिल हर्कतहरु रोकिएको छ । घण्टाघर व्यवस्थापन समितिले घण्टाघर भित्र र बाहिर राखेको सिसिटिभि क्यामेराबाट अब हरेक कुराको निगरानी राख्न थालिएको छ । पछिल्लो समयमा घण्टाघरको सिढीमा जोडीहरुले चम्बन गर्ने मात्रै हैन अन्य अस्लिल गतिविधि समेत गर्ने गरेका कारण घण्टाघरको छवि नराम्रो बन्दै गैरहेको थियो । धरानको पहिचान मात्र होइन, प्रमुख पर्यटकीय आकर्षण को केन्द्रको रुपमा समेत रहेको घण्टाघरबाट धरान अवलोकन गर्नेहरु धेरै हुन्छन् । तर घण्टाघर पछिल्लो समय युवायुवतीहरुको डेटिङस्थल बन्दै गएको थियो । घण्टाघरमाथि चढ्दै गर्दा कोही जोडीहरु सिढिमा एकअर्कालाई चुम्बन गर्दै गरेको अवस्थामा पनि भेटिन्थे । मान्छे आएपछि हत्तपत्त सर्तक भएजस्तो गर्थे । यसले घण्टाघरप्रति नराम्रो छाप पनि बनाउदै लगेको थियो । तर, अहिले यस्ता सबै गतिविधिहरुमा रोक लागेको छ । विगतमा जस्तो सिढीमा युवायुवतीहरु पनि बस्दैनन् र अश्लिल गतिविधिहरु पनि गर्न नपाउने भएका छन् ।
सिसि क्यामेरा राखिएपछि घण्टाघर भित्रको मात्र होइन, भानुचोक क्षेत्र, बगैचा, गणेश मन्दिर सबैतिरको गतिविधिहरु निगरानीमा हुन्छ । व्यवस्थापन समितिले करिब डेढ लाख खर्चिएर १३ वटा सिसिटिभि जडान गरेको छ । अझै २ वटा सिसिटिभि क्यामेरा थप गरिने सुपरभाइजर केशव न्यौपानेले जानकारी दिए । ‘घण्टाघर क्षेत्रलाई निगरानीमा राख्ने, सुरक्षित बनाउने र नराम्रो कामहरु रोक्ने उद्देश्यले राखिएको हो,’न्यौपानेले भने,‘सिसिटिभिले सबैलाई सजग, सर्तक बनाएको छ ।’ उनका अनुसार घण्टाघरको मुख्य प्रवेश द्धार, भानुचोकतर्फ, घण्टाघरको ढोकामा, प्रत्येक सिढिमा र सबैभन्दा माथिल्लो तलामा वरीपरी क्यामेरा जडान गरिएको छ ।कपुरीन्युजमा आधारित

Facebook Comments
Show More

Related Articles