nirantarkhabarअर्थबिबिधसमाचार

गछियामा तेस्रो सुन्दरहरैचा एक्स्पो हुदै, १५ करोडको कारोबार हुने अनुमान

हेलिकप्टरबाट पाथिभरा मन्दिर दर्शन

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल, बिराटचौक ।

मोरङको गछियामा तेस्रो सुन्दरहरैचा एक्स्पो हुने भएको छ । सुन्दरदुलारी उद्योग वाणिज्य संघको आयोजनामा यहि फाल्गुन ४ देखी १२ गते सम्म तेस्रो सुन्दरहरैचा एक्स्पो आयोजना हुने आयोजकले पत्रकार संमेलन गरी जानकारी दिएको छ ।

कृषी, पर्यटन, उद्योग र व्यापारः आर्थिक समृद्धिको मूल आधार भन्ने नाराका साथ औद्योगिक उत्पादन र प्रविधि प्रवर्धन, कृषी क्षेत्रमा गुणस्तरीय र व्यवसायिक उत्पादन, पशुपंक्षीजन्य उत्पादनमा वृद्धि, पर्यटन क्षेत्रको विकास, कृषीमा यान्त्रिकीकरण, उत्पादक र उपभोक्ता बीचको सम्बन्ध विस्तार, सम्भावित बजारको पहिचान, पविधि पहिचान, उत्पादकहरु बीच स्वस्थ प्रतिस्पर्धाको प्रमुख उद्देश्यका साथ सुन्दर नगरी सुन्दरहरैचा साझेदारीको अवधारणा अनुरुप तेस्रो सुन्दरहरैचा एक्स्पो २०७५ को आयोजना गर्न लागिएको पत्रकार संमेलनमा सुन्दरदुलारी उद्योग वाणिज्य संघ अध्यक्ष तथा एक्स्पो संयोजक किशोर कार्कीले जानकारी दिए ।

एक्स्पोमा औद्योगिक, कृषिका उत्पादन तथा वस्तुहरु, सुचना प्रविधि, बैकल्पिक उर्जा, घरायसी सामाग्री, विद्युतिय सामाग्री, अटोमोवाइल्स, बैंक तथा वित्तिय संस्थाका स्टलहरु रहने छन । १० देखि १५ करोडको कारोबार हुने अनुमान गरिएको एक्स्पोमा करिव ७५ लाख कुल लागत रहने पत्रकार संमेलनमा जानकारी दिइएको छ ।

राष्टिय कलाकार प्रमोद खरेल, मन्त्र ब्यान्ड दार्जिलिङ, आस्था राउत, धुर्मुस सुन्तलि, राजनराज सिवाकोटी, मेलिना राईको प्रस्तुति रहने एक्स्पोमा ३ लाख दर्शकले अनुगमन गर्ने अनुमान गरिएको छ । ताप्लेजुङको पाथिभरा मन्दिर र पुर्वका विभिन्न ठाउँको अवलोकन गर्नका लागि हेलिकप्टरको समेत व्यबस्था गरिएको छ ।

एक्स्पो सन्चालन बाट बचेको रकमले सिटि हल निर्माण तथा सार्वजनिक शौचालय निर्माण गरिने समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

सुन्दरहरैचामा यस अघि पनि २ वटा एक्स्पोको आयोजना भइसकेको छ ।

 

Facebook Comments
Show More

Related Articles