nirantarkhabarखेलकुदसमाचार

पहिलो टी २० क्रिकेट सिरिजमा नेपालले रच्यो इतिहास

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

Published on: Feb 3, 2019

तेस्रो तथा अन्तिम खेलमा यूएईलाई १४ रनले हराउँदै नेपालले ऐतिहासिक टी २० सिरिज जितेको छ । आइतबार भएको अन्तिम टी–२० खेलमा १४ रनको जित हात पार्दै नेपालले शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको हो ।

वर्षाका कारण १० ओभरमा छोट्याइएको खेलमा नेपालले ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो । जवाफमा यूएईले १० ओभरमा ८ विकेट गुमाउँदै ९० रन मात्र बनायो । उसका लागि साहिमन अनवारले ३०, गुलाम सब्बीरले २५ र मोहम्मद बुटाले ११ रन बनाउनुका अलवा अन्य ब्याटसम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङतर्फ नेपालका लागि करण केसी, अविनाश बोहोरा र ललित राजवंशीले समान दुई÷दुई विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेको नाममा एक÷एक विकेट रह्यो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि कप्तान पारस खड्काले २९, सन्दीप जोराले २८, विनोद भण्डारीले २१ र उपकप्तान ज्ञानेन्द्र मल्लले ११ रन बनाएका थिए । अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । युएईका लागि मोहम्मद नावी र सुल्तान अहमदले समान दुई÷दुई विकेट लिए भने अमीर हयात, जहोर खान र मोहम्मद बुटाको नाममा एक एक विकेट रह्यो ।

तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरीज आफ्नो पक्षमा पारिसकेको थियो । टी–२० सिरिजमा नेपालले यूएईलाई पराजित गर्दै नेपालको ऐतिहासिक पहिलो टी–२० अन्तर्रा्ष्ट्रिय सिरीजमा पनि जित हात पारेको छ ।

Facebook Comments
Show More

Related Articles