nirantarkhabarअर्थबिबिधसमाचार

पेट्रोलियम पदार्थको मुल्य बढ्यो

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । गत पुस १८ गते पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले घटाएको आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मुल्य बढाएको हो ।

शनिबार आयल निगमले प्रेस विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजल र मट्टीतेलको भाउ २–२ रुपैयाँका दरले बढाएको जानकारी दिएको छ । नयाँ मूल्य अनुसार पेट्रोलको मुल्य प्रतिलिटर १ सय १० रुपैयाँ, डिजल र मट्टीतेल ९७ रुपैयाँ प्रतिलिटर भएको छ ।
शनिबार राति १२ बजेदेखि लागू हुने गरी मुल्य बृद्धि गरेको आयल निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ ।

भारतीय आयल कर्पोरेशन आइओसीले पठाएको नयाँ मूल्य अनुसार भाउ बढाइएको निगमले जनाएको छ ।

Facebook Comments
Show More

Related Articles