nirantarkhabarशिक्षा-स्वास्थ्यसमाचार

जनता माविको ५१ औं बार्षिकोत्सव

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । मोरङको बेलबारी १ मा अबस्थित जनता माध्यमिक विद्यालयको स्वर्ण महोत्सव २०७४ को समापन तथा ५१ औं बार्षिकोत्सव उद्घाटन भएको छ । कुनैबेला अहिलेका राष्ट्रपति विद्यादेवी भण्डारीले पढाएको बिद्यालयको ५१ औं बार्षिक उत्सव कार्यक्रमको सनिबार उद्घाटन गरिएको हो ।

उक्त अबसरमा स्वर्ण महोत्सवको समापन समेत गरिएको छ । बिद्यालयले दुई दिने ५१ औं बार्षिकोत्सब कार्यक्रम आयोजना गरेको छ । बिक्रम सम्बत २०२४ सालमा स्थापित विद्यालयले गत बर्ष रास्ट्रपतिद्वारा उद्घाटन गरिएको स्वर्ण महोत्सवको समापनसहित दुई दिने ५१ औं बार्षिकोत्सब कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा चन्दादाता तथा संस्थापक सदस्य लगायत लाई सम्मान गरिएको थियो । बार्षिकोत्सव कार्यक्रमको पहिलो दिन २० हजारदेखि १ लाखभन्दा बढी आर्थिक सहयोग गर्ने विद्यालयका संस्थापक सदस्य तथा चन्दादाताहरुलाइ सम्मानित गरिएको थियो ।

शनिबार स्वर्ण महोत्सव समापनमा केन्द्रित भएर कार्यक्रम गरिएको तथा आइतबार सांस्कृतिक कार्यक्रम सहित ५१ औं बार्षिकोत्सब केन्द्रित कार्यक्रम गरिने विद्यालयका शिक्षक टेकराज मगरले बताए ।
प्रधानाध्यापक शम्भुप्रसाद खनालले प्रस्तुत गरेको आयब्यय अनुसार गत बर्ष गरिएको स्वर्ण महोत्सव यता अक्षयकोषका लागि ३ लाख ८८ हजार ७ सय ८३ रुपैयाँ प्राप्त भएको छ ।

बेलबारी नगरपालिकाका कार्यबाहक नगरप्रमुख योगेन्द्र प्रसाद सुवेदीको बिशेष आतिथ्यतामा भएको स्वर्ण महोत्सव समापन तथा ५१ औं बार्षिकोत्सव उद्घाटन कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, अभिभावक लगायतको उपस्थिति थियो ।

Facebook Comments
Show More

Related Articles