nirantarkhabarशिक्षा-स्वास्थ्यसमाचारसमाज

पब्लिक क्याम्पस सङ्घ १ नं प्रदेशको भेला तथा गोष्ठी संपन्न

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

अनिल बराल

बिराटचौक, माघ १२ । नेपाल पब्लिक क्याम्पस सङ्घ १ नं प्रदेशको प्रदेश स्तरिय भेला तथा गोष्ठी संपन्न भएको छ । शनिबार मोरङको सुन्दरहरैचा नगरपालिकामा अवस्थित सुकुना क्याम्पसमा गोष्ठी संपन्न भएको हो ।

नेपाल पब्लिक क्याम्पस सङ्घ १ नं प्रदेश समितिको आयोजनामा भएको कार्यक्रममा प्रस्तावित सामुदायिक विश्वविद्यालय स्थापना सम्बन्धी अवधारणपत्र र प्राविधिक तथा व्यबसायिक शिक्षा सम्बृद्धिको आधार शिर्षकको कार्यपत्र प्रस्तुत भएको थियो ।
प्रमुख अतिथी प्रदेश १ का सामाजिक बिकास मन्त्री जिवन घिमिरेले कार्यक्रममा बोल्दै त्रिभुवन विश्व बिद्यालय संघिय सरकारकै मातहतमा रहने बताए । कार्यक्रमका बिशिष्ट अतिथि प्रदेश सभा सदस्य राजकुमार ओझाले समयको माग अनुसार अघि बढ्न नसक्दा सामुदायिक क्याम्पसहरु धरापमा परेको बताए ।

सुकुना बहुमुखी क्याम्पसका उपप्राध्यापकद्वय गणेश प्रसाद दाहाल र नरप्रसाद भण्डारी द्वारा तयार पारिएको प्राविधिक तथा व्यबसायिक शिक्षा सम्बृद्धिको आधार शिर्षकको कार्यपत्र दाहालले प्रस्तुत गरेका थिए । प्रस्तावित सामुदायिक विश्वविद्यालय स्थापना सम्बन्धी अवधारणपत्र पब्लिक क्याम्पस संघ केन्द्रिय उपाध्यक्ष शिवराज संजेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रस्तावित सामुदायिक विश्वविद्यालय स्थापना सम्बन्धी अवधारणपत्र र प्राविधिक तथा व्यबसायिक शिक्षा सम्बृद्धिको आधार शिर्षकको कार्यपत्रमाथि टिप्पणी तथा खुल्ला रुपमा छलफल भएको थियो ।

नेपाल पब्लिक क्याम्पस सङ्घ १ नं प्रदेशका अध्यक्ष उत्तम भटराईको सभापतित्वमा संपन्न कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रदेश १ का सामाजिक बिकास मन्त्री जिवन घिमिरे,त्यस्तै प्रदेशसभा सदस्य राज कुमार ओझा, पब्लिक क्याम्पस संघ केन्द्रिय अध्यक्ष भोलानाथ झा, प्रदेश बिश्व बिद्यालय सम्भाब्यता अध्ययन कार्यदलका संयोजक प्राध्यापक डाक्टर महेशराज दाहाल, पब्लिक क्याम्पस संघ केन्द्रिय उपाध्यक्ष शिवराज संजेल, पब्लिक क्याम्पस संघ केन्द्रिय उपाध्यक्ष पित कुमार श्रेष्ठ लगायत प्रदेश १ का झण्डै २ सय सामुदायिक क्याम्पसका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सुकुना क्याम्पस प्रमुख प्रेम प्रसाद भटराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको सन्चालन भने दोर्ण बहादुर न्योैपानेले गरेका थिए ।

Facebook Comments
Show More

Related Articles