बिबिधशिक्षा-स्वास्थ्यसमाचारसमाज

स्वर्ण महोत्सवको उद्घाटन गर्न राष्ट्रपति आउने,पूर्व विद्यार्थीबाट धमाधम सहयोग जुट्दै

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

हरि कोइराला

कानेपोखरी(मोरङ),१० माघ ।मोरङको कानेपोखरी–६ स्थित जनसेवा माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको उद्घाटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएकी छिन् । विद्यालयलका प्रधानध्यापक दामोदर सिग्देलले पत्रकार सम्मेलनको आयोजना गरी माघ २५ गते राष्ट्रपति आउने निश्चित भएको जानकारी गराएका हुन् ।
विद्यालयले बिहीबारबाट विभिन्न कार्यक्रमको आयोजना गरी १६ दिन सम्म स्वर्ण महोत्सव समारोह मनाउन लागेको हो । २०२५ साल माघ १९ गते सरस्वती पूजाको दिन स्थापना भएको जनसेवा मावि जिल्ला कै उत्कृष्ठ माद्यमिक विद्यालय भित्र पर्छ ।२०३६ साल देखि प्रवेशिका परीक्षामा विद्यार्थी सामेल गराउन थालेको जनसेवा बाट हाल सम्म एसएलसी र एसईई तर्फ ५ हजार ४ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने उच्च मावि तर्फ ९५० विद्यार्थी उत्तीर्ण भएकाछन् । हाल विद्यालयले कक्षा ८ देखि बाली विज्ञान विषय अध्यापन गराउन थालेको छ ।
५ विगाहा ६ कट्ठा जमीन रहेको विद्यालयमा दैनिक एउटै समयमा २९ वटा कक्षा सञ्चालन हुने गरेको प्रधानाध्यापक सिग्देलले बताए ।जिल्लामा भौतिक पूर्वाधार सम्पन्न विद्यालयका रुपमा चिनिएको जनसेवालाई प्रविधि मैत्री बनाउने अभियानमा स्वर्ण महोत्सव केन्द्रीत रहने प्रचार प्रसार संयोजक खेमनाथ पौडेलले बताएका छन् । हाल विद्यालयमा १ हजार २ सय ६८ विद्यार्थी, ४२ शिक्षक र ४ जना कर्मचारी रहेका छन् ।
स्वर्ण महोत्सव समारोहका अवसरमा पूर्व संस्थापक विद्यार्थी , पूर्व सञ्चालक,पूर्व प्रधानध्यापक, शिक्षक,विशिष्ट पूर्व विद्यार्थीलाई सम्मान गरिने भएको छ ।
यसैबीच विद्यालयलाई प्रविधि मैत्री बनाउने अभियानमा पूर्व विद्यार्थीहरू जुटेकाछन् ।
सरकारी तथा गैर सरकारी तथा राजनीतिक क्षेत्रमा उच्च तहमा पुगेका पूर्व विद्यार्थीले धमाधम सहयोग गर्न थालेका छन् । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अम्बिकाप्रसाद अर्यालका अनुसार विद्यालयका पूर्व विद्यार्थी एवं मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले १ लाख रुपियाँ बराबरको कम्प्युटर प्रदान गर्ने घोषणा गरेका छन् ।
यस्तै विद्यालयका पूर्व प्रधानाध्यापक तुलाराम गुरुङले ५० हजार मूल्यका सिलिङ पङ्खा प्रदान गर्ने घोषणा गरेका छन् । गुरूङले २०३६देखि २०५९ सम्म विद्यालयको प्रधानाध्यापक भएर काम गरेका थिए । यसैगरी पूर्व विद्यार्थी एवं नेपाल सरकारका पूर्व महान्यायधिवक्ता हरि फुयलले अक्षय कोषका लागि १ लाख रुपियाँ प्रदान गर्ने घोषणा गरेको प्रचार संयोजक पौडेलले बताए । नेपाल राष्ट्र बैंकका उप निर्देशक पुण्यप्रसाद बरालले १ लाख ११ हजार १११ रुपियाँ प्रदान गर्ने भएका छन् । यस्तै एसएलसी उत्तीर्ण हुने हरेक वर्षका पूर्व विद्यार्थीको समूहले पनि सहयोगको घोषणा गर्न थालेका छन् । २०४३ को समूहलृ स्वर्ण स्मारक र सरस्वतीको मुर्ति,२०६१ ले मल्टिमिडिया कक्षा सञ्चालनका लागि १ लाख रुपियाँ नगद, २०४७ समूले विद्यालयको मुलद्वारमा फलामे ढोका निर्माण गरिदिने भएका छन् ।

Facebook Comments
Show More

Related Articles