बिबिधसमाचारसमाजसूचना प्रबिधी

दुईृ सञ्चारकर्मी सहित सात जना सम्मानित,आजबाट धिमाल भाषामा समाचार सुरु

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी,१० माघ । मोरङको बेलबारी स्थित संयन्त्र सञ्चार सहकारी संस्था लि द्वारा सञ्चालित रेडियो बेतनाले बिहीबार आठौं वार्षिकोत्सव मनाएको छ । स्थानीय बेलबारी उद्योग वाणिज्य संघको सभाहलमा भएको वार्षिकोत्सव समारोहमा २ जना सञ्चारकर्मी सहित सात जनालाई सम्मान गरियो ।

सम्मानित हुनेमा रेडियो बेतनाका समाचार प्रमुख अनील बराल र ब्लाष्ट टाइम्स दैनिकका बेलबारी सम्वाददाता भक्तसेर लिम्बू रहेका छन् । दुबै पत्रकारलाई कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले दोसल्ला ओढाएर सम्मान गरे । यस्तै सोही अवसरमा उद्योगी विद्याञ्चल साह र बेतना सिमसार सामूदायिक वन उपभोक्ता समूहलाई सम्मान गरियो ।

यस्तै सहकारीका पूर्व अध्यक्ष नरेन्द्र बस्नेत,देवराज तामाङ र निवर्तमान अध्यक्ष राजकुमार लिम्बूलाई समेत सोही अवसरमा सम्मान गरियो । कार्यक्रममा पूर्व अध्यक्षद्वय बस्नेत र तामाङको भने उपस्थिति रहेको थिएन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले रेडियोलाई अझ बिस्तार गर्नु पर्नेमा जोड दिए । उनले भने–स्थानीय सरकारका गतिविधिलाई रेडियोबाट मात्र नभई दृष्यबाट पनि प्रचार गर्न आवशयक भएकोेले टेलिभिजनको अवधारण पनि आवश्यक भएको छ । नगर प्रमुख सुवेदीले थपे–पत्रकारहरू बीचको द्वन्द्व बढ्नु भएन् । आस्थाका आधारमा समाचार बन्नु नहुनेमा जोड दिँदै उनले समाचार निष्पक्ष बने समाजलाई भ्रम हुने थिएन ।’
अर्का वक्ता नेपाल पत्रकार महासंघ प्रदेश नं. १ का अध्यक्ष विक्रम लुइटेलले पत्रकारहरू अझै पनि राज्यले तोके अनुसारको पारिश्रमिक पाउन बाट वञ्चित भएको बताए । उनले भने स्थानीयमा खर्चको अभाव छैन्। प्रत्येक स्थानीय निकायले पत्रकारको क्षमता वृद्धिका लागि सहयोग गर्नु पर्ने लुइटेलको भनाई थियो ।
सहकारीका अध्यक्ष भोजराज बस्नेतले बिहीबारबाटै रेडियो समावेसी आवाज कार्यक्रम अन्तरगत हरेक दिन बेलुका धिमाल भाषाबाट ५ बजे ७ मिनेटको समाचार बुलेटिन प्रशारण हुने जानकारी दिए । बस्नेतको भएको वार्षिकोत्सव समारोहमा सुनवर्सी नगरपालिकाकी उप प्रमुख मञ्जुकुमारी राई ,स्थानीय ब्यवसायी प्रताप थापा ,आदिवासी जनजाति नेता तिलक राईले बोलेका थिए । ।
संस्थाका सचिव कुलप्रसाद बरालले सञ्चालन गरेको कार्यक्रममा संस्था कार्यसमिति सदस्य रिता कोइरालाले स्वागत गरेकी थिइन ।

Facebook Comments
Show More

Related Articles