nirantarkhabarबिबिधसमाचार

सारेगमप लिटिल च्याम्पसका प्रतिस्पर्धि आचार्यलाई बेलबारीमा सम्मान

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी । बालगायक प्रितम आचार्यलाई बेलबारीमा सम्मान गरिएको छ । भारतमा भईरहेको “सारेगमप लिटिल च्याम्पस”गायन प्रतियोगितामा सहभागी भइ प्रतिस्पर्धात्मक रुपमा देशको शोभा बढाउन सफल भएकोमा इटहरीका बालगायक आचार्यलाई बेलबारीमा रहेको बेलबेतना युवा सञ्जाल र सखुवाटोली युवा समाजले बुधबार संयुक्त रुपमा सम्मान तथा शुभकामना प्रदान गरेको हो ।

केहि समय अघी पताञ्जली आयुर्वेदले आयोजना गरेको “सुरशलाम्युजिक आइडल”को उप–बिजेता समेत रहेका इटहरीका बालगायक आचार्य ११ वर्ष उमेरका हुन् । बेलबारीमा दुई संस्थाले आयोजना गरेको कार्यक्रममा बाल गायक आचार्यले आफू भारतमा नेपाललाई चिनाउन गएको बताए । कार्यक्रममा बालगायक आचार्यले भारतमागई आफनो देशको गौरव उच्च राख्नलाई प्रतियोगितामा नेपाली ढाका टोपी लगाएर भारत सामु आफू नेपाली भएको पहिचान दिदैँ मञ्चमा तहल्का मचाएका थिए ।

बेलबारीमा रहेको जक्सन होटलमा भएको सम्मान तथा शुभकामना कार्यक्रममा गायक आचार्य, उनका माता पिता र उनका गुरुहरुलाई सम्मान गरिएको थियो । स्थानीय समाजसेवी चुँडामणी खतिवडा र शेषराज घिमिरेले बालगायक आचार्यलाई खादा, व्याच र ढाका टोपी लगाईदिएर सम्मान गरेका थिए भने समाजसेवी महेन्द्र सुबेदि, भगवती गुरुङ र सिता सुबेदीले बालगायक आचार्यलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रममा गायकको सारथी बनेर आएका राजेश घतानीले बेलबारीमा रहेको युवा सञ्जालले आयोजना गरेको कार्यक्रममा आफू उपस्थित हुनपाउँदा हर्षित रहेको र बालगायकको मनोबल बढाई दिएकोमा आयोजक समितिलाई धन्यवाद दिएका थिए । आउँदा दिनहरुमा पनि यस्तै राम्रा कार्यक्रमहरुको आयोजन गर्ने र समाजमा संस्थालाई रुपान्तरण गर्ने कुरामा अग्रसर रहने कुरा बेलबेतना युवा सञ्जाल र सखुवाटोली युवा समाजका अध्यक्षहरुले बताएका छन् । कार्यक्रमको सन्चालन सनम खतिवडाले गरेका थिए ।

Facebook Comments
Show More

Related Articles