कृषिसमाचारसमाज

अनुदानको मकैको बीउ बिक्री गर्ने वडाध्यक्षहरू चोखिन खोज्दै

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बिराटनगर ५ माघ । अनुदानको मकैको बीउ किसानलाई बिक्री गरेर बिबादमा आएका मोरङको उर्लाबारी ८ र ९ का वडाध्यक्षहरूले आफ्ना आसेपासे र झोले कार्यकर्ता भेला गरेर शुक्रबार वडा कार्यलयमा पत्रकार सम्मेलन गरेको समाचार प्राप्त भएको छ । पत्रकार सम्मेलनमा आफू निकट केही पत्रकार बोलाएर मकैको बीउ बिक्री नगरेको प्रष्टिकरण दिइएको बुझिएको छ ।
तर, वडाध्यक्षद्वय कुलबहादुर कार्की र बमबहादुर फ्याकले मकैको बीउको पैसा पचाउन पत्रकार सम्मेलन गरेको किसानहरूले गुनासो गरेका छन् ।मकैको बीउ वितरण गर्न नगरपालिकाले ३÷३ लाख रुपियाँ पाएको थियो । बजारमा मकैको बीउ प्रति किलो ३२० रुपियाँमा पाइने गरेको छ । कृषि प्राविधिकहरूका अनुसार ३ लाख रुपियाँमा ९३७ केजी मकैको बीउ आउँछ । उक्त बीउले प्रति कट्ठा डेढ किलो रोप्दा पनि ६४४ कट्ठा जग्गालाई पुग्छ । ६४४ कट्ठा भनेको झण्डै ३३ विगाहा जग्गा हो । यही दरले अनुदानको बीउले मात्र दुईटा वडामा ६६ विगाहामा मकै खेती हुनुपर्छ ।
अझ वडाध्यक्षले बीउ बिक्री गरेर प्राप्त गरेको १ लाख ८७ हजार ४ सय रुपियाँको समेत मकैको बीउ किनेर किसानलाई दिएको हो भने उक्त रकमले थप ५८५ केजी मकैको बीउ आउँछ । उक्त बीउले ३९० कट्ठा जग्गामा मकै खेती गर्न सकिन्छ । ३९० कट्ठा भनेको १९ विगाहा १० कट्ठा जग्गा हो ।
किसानहरूका अनुसार वडाध्यक्ष र तत्कालिन कृषि प्राविधिक लाक्पा शेर्पाको मिलेमतोमा मकैको बीउ बिक्री भएको हो । समाचार स्रोत भन्छ–‘एक जना किसानको नागरिकता राखेर १० देखि १५ पोका सम्म मकैको बीउ प्रदान गरिएको छ । खेती नगर्ने किसानलाई समेत बीउ दिइएकोले उक्त प्रमाण नष्ट गर्न बडाध्यक्षले नजिकका जानकारहरूलाई सहभागी गराएको बताइएको छ । कति सम्म भने ९ नं.वडाका वडाध्यक्षको बचाउमा उहाँका छोरा समेत आक्रोसित भएका छन् । अशिष्ट भाषामा सामाजिक सञ्जालमा मकैको बीउको विवरण खोज्नेलाई ‘आफूले देखाइदिने’भन्दै उनले धम्की दिएका छन् । तर उनले कसलाई धम्कयाएका हुन प्रष्ट छैन् ।
कृषि प्राविधिक र उर्लाबारी नगरका नगरप्रमुख खड्ग फागोले भने अनुदानको बीउ कुनै पनि सर्त वा बहानामा बिक्री गर्न नपाइने दोहो¥याउनु भयो ।
यता कतिपय किसानले मकैको बीउ नपाएको गुनासो गरेका छन् । मकैको बीउ बडाध्यक्षले दलीय आस्थाका आधारमा आफ्ना आसेपासेलाई पैसा लिएर बेच्दा समेत आफूहरूले मकैको बीउ नपाएको उनीहरूको गुनासो छ । उनीहरूले भने–अब अति भयो , अख्तियारको ढोकामा न्याय माग्न जान्छौं ।

Facebook Comments
Show More

Related Articles