बिबिधसमाचारसमाज

डाँस मोरङ्गीको अध्यक्षमा जीवन कट्वाल निर्वाचित

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

पथरीशनिश्चरे(मोरङ) ५ माघ । मोरङको पथरीशनिश्चरे १० जिरिखिम्तिको डाँस मोरङ्गी सामुदायिक बन उपभोक्ता समूहको अध्यक्षमा जीवन कट्वाल निर्वाचित हुनु भएको छ । कट्वालले पूर्व अधयक्ष रुद्रबहादुर दाहाललाई १६ मतले पराजित गर्नु भएको हो । जितसँगै कट्वालले दोश्रो कार्यकालका लागि पुनः ३ वर्ष नेतृत्व सम्हाल्ने हुनु भएको छ ।
त्यस्तै उपाध्यक्षमा जगत तिवारीले बाजि मार्नु भएको छ । तिवारीले दीपक राईलाई २७ मतले पराजित गर्नु भएको हो ।
सहमतिको प्रयास असफल भएपछि बनको चुनाव शनिबार भएको हो । कुल ४८३ मतदाता रहेको सामूदायिक वनमा ३८० मत उपभोक्ता चुनावी कार्यक्रममा सहभागि भएका थिए । यसअघि पुस २८ गते १७ औं वार्षिक साधारणसभाका दिन सचिबमा गीता खड्का सह सचिबमा इन्द्रबहादुर कार्की र कोषाध्यक्षमा उपेन्द्र कटुवाल लगायत सदस्य पदमा सर्बसम्मत नेतृतव चयन भएको थियो ।

Facebook Comments
Show More

Related Articles