बिबिधसमाचारसमाज

जन्ती बोकेको बस दुर्घटनामा पर्दा ४५ घाइते, ४ जना गम्भीर

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी ,४ माघ । दोलखाको तामाकोशीगाउँपालिका ४ मालुबाट शुक्रबार जन्ती लिएर सिन्धुली जान लागेका बस दुर्घटना हुँदा ४५ जना घाइते भएका छन् । ४ जनाको अवस्था गम्भीर रहेको छ भने उनीहरुलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

गम्भीर घाइते भएका तामाकोशी ४ मालुका कुमुदराज योगी, तामाकोशी ४ मालुकै उद्धव महत, तामाकोशी ५ का टोपबहादुर मिजार र तामाकोशी ५ का रञ्जितकुमार मिजारलाई हेलिकप्टरबाट काठमाडौँ पठाइएको नेपाल रेडक्रस सोसाइटी दोलखाकी सिर्जना सुवेदीले जानकारी दिनुभयो ।

दोलखाको तामाकोशी गाउँपालिका वडानम्बर ४ मालुबाट जन्ती लिएर सिन्धुलीको गोल्टारतर्फ जाने क्रममा शुक्रबार विहान साँढे ४ बजेबा २ ख ३७६० नं को बस दुर्घटना भएको हो । जाडोको समय भएकोले स्टार्ट गर्न सजिलोको लागि ओरोलोमा रोकी राखेको बस अचानक आफैँ गुडेपछि दुर्घटना भएको प्रहरीले जनाएको छ ।

सामान्य घाइतेहरुको मालु स्वास्थ्य चौकी र किर्नेटारस्थित अस्पतालमा उपचार भइरहेको छ । बसमा करिब ४० जना जन्ती रहेको बताइएको छ ।

Facebook Comments
Show More

Related Articles