बिबिधसमाचारसमाज

कांग्रेस नेताका नाममा खुलेका अस्पताल स्वीकृत गर्न माग

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

काठमाडौं ४ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेताहरूको नाममा खुलेका अस्पताल अविलम्ब स्वीकृत गर्न सरकारसँग माग गरेको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सकिएलगत्तै कांग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाएपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिनु भएको थियो ।
सांसद खाँणले स्वास्थ्य मन्त्रालयले मुलुकभरका ११ ठूला अस्पताल तथा उपचार केन्द्र मन्त्रिपरिषदमा पेश गरेको र त्यसमध्ये नौ अस्पताललाई स्वीकृत गरी काग्रेस नेताका नाममा खुलेका दुई अस्पताल स्वीकृत नभएकोमा गम्भीर ध्यानाकर्षण भएको बताउनु भयो ।
कांग्रेसका दुई जना पूर्व सभापति तथा पूर्वप्रधानमन्त्रीद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा क्रमशः तनहुँमा श्वासप्रश्वास अस्पताल र बाँकेमा क्यान्सर अस्पताललाई स्वीकृत नगरेको भन्दै खाँणले आपत्ति प्रकट गर्नुभया । ती दुवै अस्पताल अविलम्ब स्वीकृत गरियोस् भन्दै सांसद खाँणले दुवै अस्पतालमा हाल उपचार भइरहेको र जमीनको व्यवस्था भइसकेकोसमेत जानकारी गराउनु भयो ।
उहाँले स्व गिरिजाप्रसाद कोइरालाले मुलुकको शान्ति प्रक्रियामा गरेको योगदान र सुशील कोइरालाले संविधान जारी गर्दा गरेको योगदानको चर्चा गर्दै सरकारले पूर्वाग्रह राखेर अस्पताल स्वीकृत नगर्नु निन्दनीय कार्य भएको बताउनु भयो ।

उहाँले ती दुवै अस्पताललाई संघीय सरकार अन्तर्गत राखी प्रक्रिया अघि बढाउन कदम चालोस् भनी माग गर्नुभयो ।

Facebook Comments
Show More

Related Articles