nirantarkhabarखेलकुदसमाचार

नेपाल टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा, उपाधिका लागि थाइल्याण्डसँग खेल्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

माघ ४ । नेपाल टी–२० म्स्याश क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा जारी प्रतियोगितामा शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराउदै फाइनलमा स्थान बनाएको हो ।

नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै ११९ रन बनायो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको नवौं ओभरमा स्कोर ३१ रन हुँदा पहिलो विकेट गुमाएको थियो । कजल श्रेष्ठ १४ रन बनाएर क्याचआउट भइन् । त्यसपछि क्रिजमा आएकी इन्दु वर्मा र सीता रानामगरले ७० रनको साझेदारी गर्दै नेपाली टिमलाई तीन अंकको योगफलमा र्पुयाए । सीता ४८ रनमा रनआउट भएकी थिइन् । त्यसपछि क्रिजमा आएकी नेरी थापा पाँच रनमा क्याचआउट भइन् । इन्दु वर्मा ३७ रनमा अविजित रहिन् ।

जवाफमा इन्डोनेसिया ११ ओभरमा मात्र २७ रनमा अलआउट भयो । उसका कुनै पनि खेलाडी धेरै समय क्रिजमा टिक्न सकेन । उसले मात्र ११ रन हुँदा पहिलो विकेट गुमाएको थियो भने ३२ रन बनाउँदा ७ विकेट खेर फाल्यो । इन्डोनेसियाकी युलियाले सर्वा्धिक १३ रन बनाइन् । त्यसपछि इन्डोनेसियाले अरु १६ रन जोड्दा सबै विकेट गुमायो ।

उपाधिका लागि नेपालले आयोजक थाइल्याण्डलाई प्रतिद्धन्द्धी पाएको छ । दोस्रो सेमिफाइनलमा यूएईलाई ४९ रनले हराउँदै थाइल्याण्डले फाइनलमा स्थान बनायो । फाइनल खेल शनिबार हुनेछ ।

Facebook Comments
Show More

Related Articles