nirantarkhabarसमाचार

रेडियो वेतनाले बार्षिक उत्सवको अवसरमा ३ जना पुर्व अध्यक्षलाई सम्मान गर्ने

अरुलाई पनि शेयर गर्नुहोस
  •  
  •  
  •  

बेलबारी, पौष २९ ।
मोरङको बेलबारीमा अवस्थित रेडियो वेतनाले आठौ बार्षिक उत्सव मनाउने भएको छ । संयन्त्र संचार सहकारी संस्था द्वारा संचालित रेडियोले आठौँ वार्षिक उत्सव, सम्मान तथा पुरस्कार वितरण कार्यव्रmम मिति २०७५ साल माघ १० गते विहीबार उघोग वाणिज्य संघको सभाहलमा संपन्न गर्ने भएको हो ।

संस्थाले बार्षिक उत्सवका अवसरमा ३ जना पूर्व अध्यक्षहरुलाई सम्मान गर्ने भएको छ । पौष २९ गते बसेको कार्यसमिति बोर्ड बैठकले पुर्व अध्यक्षहरु नरेन्द्र बस्नेत, देवराज तमाङ र राजकुमार लिम्बुलाई सम्मान गर्ने निर्णय गरेको अध्यक्ष भोजराज बस्नेतले जानकारी दिए ।

त्यस्तै बिज्ञापनदाता, पत्रकार, सामाजिक संस्था, कर्मचारीलाई समेत पुरस्कृत गर्ने निर्णय भएको छ । बोर्ड बैठकले बार्षिक उत्सव संपन्न गर्नका लागि प्रचारप्रसार, कार्यक्रम, अतिथि सत्कार लगायत बिभिन्न उप–समितिहरु पनि बनाएको छ ।

मोरङको बेलबारीमा रहेको एकमात्र सामुदायिक रेडियो २०६७ सालदेखि संचालित रहेको छ ।

Facebook Comments
Show More

Related Articles